दुखद खबर : विमान दुर्घटना हुँदा चार जनाको मृत्यु !

रामेछाप खबर संवाददाता

११ फागुन मनिला ।

फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा मारिनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालक दलका सदस्य जोएल मार्टिन र अष्ट्रेलियाका प्राविधिक सल्लाहकार साइमन चिपरफिल्ड र कार्ती सन्थानम रहेका छन् । उनीहरुको शव माउन्ट मेयोन ज्वालामुखीमा भेटिएको थियो । चारै जना मानिस मनिलास्थित जियोथर्मल फर्म इनर्जी डेभलपमेन्ट कर्पका कर्मचारी रहेको सीएनएनले कम्पनीका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर आरलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

सीएनएनले फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरण (सीएएपी) लाई उद्धृत गर्दै अल्बे प्रान्तको बिकोल अन्तरराष्ट्रिय विमानस्थलबाट शनिबार उडान भरेपछि मनिला जाँदै गरेको सेसना ३४० विमानको हवाई ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भई दुर्घटना भएको जनाएको छ ।
आइतबार करिब ६ हजार फिटको उचाइमा भग्नावशेष भेटिएको थियो । पहिरोको जोखिम र ज्वालामुखी विस्फोट आदिको डरले खोजी कार्यमा कठिनाइ भएको थियो।

वेस्ट बैंकमा विद्रोही लक्षित इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते
इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् । इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन । नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।

आइडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ। इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए।
त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तिमा १०२ जना घाइते भएका छन् ।