यस्तो लुक्समा देखिईन गायिका समीक्षा अधिकारी, अनुहारमा मिठो हासो

रामेछाप खबर संवाददाता

काठमाडौं ।

गायिका समीक्षा अधिकारी केही समय सामाजिक सञ्जालबाट टाढा रहिन्। उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन्। उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्। सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्।

पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन्। बाइकमा देखिएकी समीक्षा स्पाइडर म्यानझै देखिएकी छिन्। म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्स नयाँ म्युजिक भिडिओको सिन हुन सक्ने अनुमान गरिएको छ। केहि दिन आगाडी गायिका समीक्षा अधिकारीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गम्भीर भनाइसँगै मार्मिक भावना पोस्ट गरेकी थिईन ।

गायिका अधिकारीले लेखेकी छन्, ‘युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्, जो आफैमा अधुरो रहन्छन् ।’ साथै, उनले अन्तिममा लेखेकी छन्, ‘हरेस नखा जिन्दगी !’