२८ माघ, काडमाडौं ।
दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कामदार भित्र्याउने तयारी गरेको छ । २०२३ को मध्यासम्ममा १२४ स्थानीय तहमा २६ हजार ७८८ जना मौसमी कामदार भित्र्याउने भएको हो । हो । यो संख्या २०२२ मा तोकिएको १२ हजार ३३० जना भन्दा बढी हो ।
न्याय मन्त्रालय र कृषि खाद्य तथा ग्रामीण मन्त्रालय जस्ता सम्बन्धित मन्त्रालयको संयुक्त छलफलमा गत डिसेम्बर १३ तारिकको दिनमा सार्वजनिक गरेको निर्देशीकाले २०२३ को मध्यावधि सम्म २६हजार ७८८ जना मौसमी कामदार भित्र्याउने भनेर बताएको छ ।
नोभेम्बर ३० सम्मको डाटालाई आधार मान्दा देशभरका ११४ स्थानिय निकायमा १९ हजार ७१८ जना मौसमी कामदार आवश्यकता रहेको पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म ९८ स्थानिय निकायमा ११ हजार ३४२ मौसमी कामदारहरु खटाईएको छ ।
२०२३ को लागि मौसमी कामदारको उमेर हदलाई परिवर्तन गरिएको छ । यस अगाडि ३० बर्षदेखी ५० बर्षकोले मात्रै आवेदन दिन पाउनेमा अबदेखी २५ बर्षदेखी ५० बर्ष सम्मकोले आवेदन दिन पाउने छन । २०२२ मा ५ मुख्य स्थानमा व्यापस्थापन जिम्मे,दिईएकोमा यो बर्ष बढाएर ९स्थानलाई जिम्मेवारी दिइनेछ भने एक कम्पनी अथवा फर्मले बढिमा ५ जनासम्म मैसमी कामदार राख्न मिल्नेछ ।
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए । जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन ।
वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।