मलेसियामा अलपत्र भएका १११ नेपाली स्वदेश फर्किए

रामेछाप खबर संवाददाता

२ मंसिर, काठमाडौं ।

पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन् । अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् । मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका ११ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई दूतावासको सहयोगमा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको थियो । गत साउनदेखि कात्तिक मसान्तसम्म मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली राजदूतावासको सहयोगमा उद्धार भइ स्वदेश फर्किएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिए ।

सो अवधिमा मलेसियामा अवैधानिक भई बिरामी÷अलपत्र भएका ५२ नेपाली नागरिक स्वदेश फर्केको दूतावासले जनाएको छ । उनीहरुलाई दूतावासको सहयोगमा अध्यागमनसम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न गरी नेपाल फर्काइएको हो । मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएका नेपालीलाई दूतावासले समन्वय गरी स्वदेश फर्काउँदै आएको छ ।

थप समाचार : नाइजेरियाली सुरक्षा कारबाहीमा पचास हतियारधारी मारिए
नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ ।अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ ।

गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ ।
यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्युएआर) र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ ।

यहाँको बोर्नाे राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोको हरामका दुई जना कमाण्डर मारिएका छन् । उनीहरुका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्यहरु गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकू कमाण्डर मारिएका बताइएको छ ।

यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणहरुलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ । साथै बोको हराम र अरु स्थानीय आतंककारी समूहका कैयौँ सदस्यले आत्मसमर्पण पनि गरेका थिए ।