सुष्मा अधिकारीको बोल्ड पोजले सामाजिक संजालमा तहल्का, हेर्नुहोस तस्विरमा

रामेछाप खबर संवाददाता

काठमाडौं।

अभिनेत्री तथा मोडल सुष्मा अधिकारीले स्विमिङ पुलमा गरेको फोटोसुटका तस्वीरहरु शेयर गरेर सामाजिक संजालको गर्मी बढाएकी छिन् । बैजनी रंगको फ्लोरल बिकिनीमा सुष्माले निकै बोल्ड पोज दिएकी छिन् । फोटोसँगै सुष्माले क्याप्सनमा लेखेकी छिन् ‘म कूल छु तर गर्मीले मलाई हट बनाउँछ ।

अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । सुष्माको पछिल्लो फोटोसुटलाई भारतीय मिडियाले पनि विशेष स्थान दिएका छन् । टाइम्स अफ इण्डियाले गरेको कभरेजलाई सुष्माले आफ्नो ट्वीटरमा पनि शेयर गरेकी छिन् ।

सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् । उनले ‘दिवाना–२’ र ‘जय मधेस’ लगायत हिट फिल्ममा अभिनय गरेकी छन् ।