स्कुटर दुर्घटनामा परिन ‘प्रेम गीत २’ बाट डेब्यु गरेकी अभिनेत्री अश्लेशा ठकुरी

रामेछाप खबर संवाददाता

काठमाडौं ।

अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन्। आज ६:३० बजे आआर क्याम्पस अगाडि स्कुटर दुर्घटनामा परी घाइते भएकी हुन्।

घाइते ठकुरीको घुँडामा सामान्य चोट लागेको छ। उनी स्नातकोत्तर तहको परीक्षा दिन जाँदा आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी हुन्। उनको अवस्था अहिले सामान्य छ।

यो पनि- देशभर रिलिज भयो ‘मनसँग मन’, आज शुक्रबारबाट सोलो रुपमा नेपाली फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । कैलाश राइको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र दार्जिलिङको कथालाई पर्दामा प्रस्तुत गरेको छ । यो फिल्ममा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकार वुद्दि तामाङ लगायतको मुख्य भूमिका छ ।

आज अन्य कुनै पनि नयाँ नेपाली वा विदेशी फिल्म नभएकाले पनि यो फिल्मलाई फाइदा हुने देखिन्छ । अरुण तामाङको लगानीमा निर्माण भएको फिल्म ‘मनसँग मन’को एउटा गीतमा नायक पल शाह र नायिका पूजा शर्माको नृत्य हेर्न सकिन्छ । सौरभ लामाको छायांकन रहेको फिल्मलाई नेपाल र भारतका विभिन्न रमणीय स्थानमा खिचिएको छ ।

यो पनि महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् ।यो मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं। ७ मा पर्दछ ।

प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन हिमाल थापाले जानकारी दिए । यो मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्दछ ।

आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ । २०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।

लाहुरे टाँसिएको भिरस्सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । परापूर्वकालमा जागिरका लागि एक जना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए ।

उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् ।जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ । यो मन्दिरमा शनिवारका साथै दशैका बेला ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी छविलाल खनालले जानकारी दिए ।

यसैगरी नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ ।

अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर छ ।

प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिनुभयो ।यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ ।

मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जातो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेता युगदेखि नै भएको विश्वास गरिन्छ ।बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् ।

डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करीब ५० मिटर दक्षिणमा ल्याई पु¥याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा थिइन् ।

सो घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलियो ।पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ ।

अर्को किंवदन्तीमा खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाईमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ ।

मन्दिरमा दर्शन गर्न आउनेमध्ये अधिकांशले लाहुरे टाँसेको ठाउँ हेरेर फर्कने गर्दछन् सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।