‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक ( भिडियो )

रामेछाप खबर संवाददाता

२८ साउन, काठमाडौं ।

फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । टिजरमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ । हिन्दीमा डबिङ गरेर भारतीय हलमा पनि प्रदर्शन गर्न लागिएको चलचित्रकाे ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माता तथा निर्देशक सेन​ले जानकारी दिए ।

यो पनि….सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै
अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् ।

केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । फिल्मको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ । निर्देशक भट्टले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताएका छन् ।

सुदर्शनले राम्रो टिम र बलियो चरित्र भएकाले फिल्ममा काम गर्न इच्छुक भएको बताए । एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । उनी क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित छन् ।

फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यु गर्दै छिन् ।