“यहाँ त को पैसा वाला छ भन्ने कुरा मात्र हेरिने रहेछ ” : श्रीजना आचार्य

रामेछाप खबर संवाददाता

११ वैशाख, काठमाडौं ।

राजनितिक भनेको यहाँ पैसा वाला र ठाउँमा आफ्ना मान्छे भएकालाई मात्र रहेछ। कस्ले कति पार्टिमा के योगदान गर्‍यो भनि यहाँ हेरिने रहेनछ ।

राजनितिक पैसा र पावरमा बाडिने खेल हो । यहाँ त बस को पैसा वाला छ भन्ने कुरा मात्र हेरिने रहेछ ।यहाँ योगदान, क्षमता र कुशलता भएकाले अवसर पाउन नसक्नुले नै रास्ट्रको बिकास रोकिएको छ ।

चुनाव भन्दा अघि क्षमता र योगदानका कुरा गर्ने ब्याक्ति बिभिन्न प्रलोभनमा परेको हामि सजिलै देख्न सक्छौ । देश र समाजको लागि योगदान दिने ब्याक्तिको कदर नभए पछि कसरि देश बिकास हुन्छ ? अझ शिक्षित मानिने युवा पुस्ता नै प्रलोभनमा परि कुकर्म तिर लाग्नु देशको लागि अर्को दु:खद कुरा हो ।