रामेछाप मृत भेटिएका पाठक मृत्यु प्रकरण रहस्यमय बन्दै

रामेछाप खबर संवाददाता

९ चैत, रामेछाप ।

दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ मा गएको असार १६ गतेदेखि परिवारको सम्पर्कमा नआएर २० गते गाउँकै सल्लेनी भीरमा मृत भेटिएका गणेश पाठकको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका रुद्र नगरकोटी रहेका छन् । अझै चार जना फरार रहेका छन् ।

४१ वर्षीय पाठक बिहानै खेतमा पानी लगाउछु भनि गत असार १६ गते बिहान घरबाट हिँडेका थिए । २० गते उनी रुद्र नगरकोटीको घर छेउमा पर्ने सल्लेनी भिरमा मृत भेटिएका थिए ।

पाठकको कसरी मृत्यु भयो भन्ने बारेमा हाल सम्म पनि पुष्टि हुन सकेको छैन । पोस्ट मार्टम रिपोर्टमा भीरबाट लडेर र शरीरमा चोट पटक लागेको रिपोर्ट देखिएको मृतकका भाइ शंकर पाठकले रामेछाप टाइम्सलाई जानकारी दिए ।

शंकरले दाजुको निधन आफू काठमाडौँ भएको बेलामा भएको सुनाउँदै गाउँकै वडा नं ५ बस्ने हिरा श्रेष्ठ र सोही ठाउँका वडा नं ३ बस्ने लालबहादुर थापा मगर पनि जोडिएको देखिएकाले घटना रहस्यमय बन्न पुगेको बताए । घटनामा मुख्य दोषी रुद्र नगरकोटी र उनका बुबा रहेको शंकरको दाबी छ ।

७० मिटर तल भीरमा दाजुको शव भेटिएको सुनाउँदै लडेर ज्यान गएको भनि शव पोस्ट मार्टम रिपोर्ट आफन्तले दाहसंस्कार समेत गरेकाले प्रहरीले पछि जायरी लिन नमानेको पनि शंकरले बताए । ‘दाहसंस्कार गरिहालेछन् । प्रमाण नभएकाले प्रहरीले जाहेरी पनि लिन मानेको थिएन । पछि बल्ल उजुरी दिएर हिजो रुद्र भन्नेलाई पक्राउ गरेको हो ।’

यस्तो अवस्थामा मृत भेटिएका थिए गणेश पाठक, तस्बिर स्रोत शंकर पाठक

चार दिन देखि बेपत्ता भएका दाजु मृत भेटिनुमा रुद्रसहित अन्य ५ जनाको संलग्नता देखिएको र हत्या भएको हुन सक्ने पाठक परिवारले आशङ्का गर्दै घटना रहस्यमय रहेको बताए ।

गाउँमै राजनीति र कृषि कर्म गरेर बसेका आफ्ना दाइको आफ्नै पार्टी (नेकपा एमाले) का नेता कार्यकर्ताहरूले ज्यान लिएको आशङ्का गरेका हुन् । शंकरले भने ‘मलाई पनि दश लाख दिएर कुरो मिलाउन भन्दै रुद्र नगरकोटी काठमाडौँमा भेट्न आए । तर, घटना बारे भन्दिन कुरो मिलाउनु पर्‍यो भने । भाउजूलाई पनि १० लाख नै दिन भन्दै भेटेका हुन् ।’

रुद्रले १० लाख दिन आउनुले पनि थप रहस्यमय बन्न पुगेको उनको भनाई छ ।

१७ गते सुमो गाडीमा आफ्ना दाजुलाई उनीहरूले नै सँगै लिएर गएको प्रत्यक्ष दर्शीले बताएको सुनाउँदै रुद्र नगरकोटीका बाबु छोराले लिएर सहितले घटनालाई लुकाएर दाइको मृत्यु भएको गुनासो गरे ।

लामो समयपछि प्रहरीमा उजुरी दर्ता भएर अहिले अनुसन्धान सुरु भए पनि चासोका साथ प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन पहल नगरेको उनीहरूको आरोप छ । रामेछाप टाइम्स बाट सभार