श्रीमतीले सम्बन्धविच्छेद मागेपछि पाँच छोराछोरीसहित ७ जनाको हत्या…

रामेछाप खबर संवाददाता

२२ पुस, एनोक,(उटाह)

श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटलेसम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् ।

यो पनि…दाजुको भौतिक आक्रमणमा परेको पूर्वराजकुमार ह्यारीको गुनासो
राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्याग्नुभएका बेलाइतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गर्नुभएको छ । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गर्नुभएको हो ।

मेघन मार्केलसँगको विवाह र उहाँ बिरामी परेका बेला उहाँको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गर्नुभएको ह्यारीले संस्मरणमा उल्लेख गर्नुभएको छ । बेलाइतका सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतीका सम्बन्धमा सार्वजनिक भएका समाचार पनि दाजुभाइबीच बहसको विषय बनेको ह्यारीको यो खुलासाले बेलाइतको राजपरिवारका सदस्यबीचको वैमनस्य नटुङ्गिएको सङ्केत गर्छ । यद्यपि आफ्नी हजुरआमा एलिजाबेथ द्वितीयको निधनका बेला राजकुमार विलियम र ह्यारी सँगै देखिनुभएको थियो ।

‘स्पेयर’ शीर्षकको संस्मरणमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाउनुभएको छ । लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैनय सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएा छन् । केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिङ्घम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै उहाँले आफ्नो ‘कलर’ समातेर दाज्यूले प्रहार गरेको उल्लेख गर्नुभएको छ । राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाउनुभएको छ । दाज्यूको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको, फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेख्नुभएको छ । आफू घाइेत भएपछि दाजुले क्षमा याचना गर्नुभएको पनि उहाँले लेख्नुभएको छ ।

विश्वका १६ भाषामा प्रकाशन हुनुअघि पुस्तकको स्पेनी भाषाको प्रतिलिपि खरिद गरेको जनाउँदै एशोशिएटेड प्रेसले प्रस्तुत पुस्तकका आरोप राजपरिवारका निम्तिमात्र नभई घनिष्ट मित्रहरूका लागि पीडादायी हुनसक्ने जनाउँदै ह्यारी र शाही परिवारका अन्य सदस्यको जीवन बारेका विवरण उजागर गरेको छ । सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको प्रसङ्गमा पनि संस्मरणमा समावेश छ ।