नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

रामेछाप खबर संवाददाता

१८ फागुन, काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोेबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोबिएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् स्वरोजगार लघुवित्तको लाभांश ?
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत्र ११ गतेसम्मका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ ।

जस अनुसार फागुन २९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा चैत्र ११ गते शनिबार बिहान हुने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर पयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांंश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।