निशुल्क इन्डक्सन चुलो पाइने, कसले दिन पाउँछन् आवेदन ?

रामेछाप खबर संवाददाता

२५ जेठ, काठमाडौं ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले निशुल्क विद्युतीय चुलो (इन्डक्सन)वितरणको लागि अनलाइन आवेदन माग गरेको छ । सरकारले बजेटमार्फत् घोषणा गरेको कार्यक्रम अनुसार निशुल्क रुपमा विद्युतीय चुलो वितरण गर्न आवेदन माग गरेको हो ।

कसले दिन पाउँछन् निवेदन ?
पहिलो चरणमा केन्द्रले काठमाडौंबाट बाहिरबाट आएर भाडामा बसी स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीले पहिलो चरणमा पाउनेछन् । काठमाडौंबाहिरबाट आएर अध्ययन गर्ने आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित समुदायका विद्यार्थीले चुलो पाउनेछन् ।

यसको लागि केन्द्रको वेबसाइटमा फर्म भर्नुपर्नेछ । साथै सम्बन्धित शिक्षण संस्थापको सिफारिसपत्र, विद्यार्थी परिचयपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, लोपान्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ । केन्द्रको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट एइपिसी डट जिओभी डट एनपीबाट अनलाइन आवेदन सकिनेछ । बुधबारदेखि असारसम्म ९ सम्म आवेदन दिन सकिने केन्द्रले जनाएको छ । अरु समुदायका विद्यार्थी र प्लस टु अध्ययन गर्नेले भने यो सुविधा पाउने छैनन् ।

नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने
नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भए संगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप नबिल बैंकले आफ्नो एक्यवद्धता जनाएको हो ।

महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच वर्ष अवधिको लागि गरिएको हो ।

नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्घता जनाएको बताए । “नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढी रहन्छौं । नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौँको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं । ,” उनले बताए ।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।