३ असोज, काठमाडौं ।
दशैं तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गएसँगै त्यससँग सम्बन्धित गीतहरू सार्वजनिक हुन थालेका छन् । कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर तयार पारेका गीतहरू सार्वजनिक गर्न थालेका हुन् । यसैक्रममा हिराछबी श्रीशाको शब्दमा ‘ए आमा ‘ बोलको गित सार्वजनिक भएको छ। गीतमा कमल बिस्टको आवाज रहेको छ भने अहिलेका निकै ब्यस्त अनि चर्चित एरेन्जर संगीत/मिक्स/मास्टर दर्पण यात्रीले गरेका छन। रेकर्डिष्ट बिष्णु बस्याल, बाँसुरी रत्न बिके, सारंगी हेमन्त रसाईली, र स्टुडियो डि# डिजिटल रेकर्डिङ स्टुडियोको रहेको छ।
खड्क बहादुर पुनले ( खबपु ) निर्देशन गरेको भिडियोमा खड्क बहादुर पुन, संचिता बोलाके,नम्रता खरेल,दर्पण यात्री, झबिन्द्र थापा, साशा बिसी,अनिल थापा, अजय सुर्यबस्नी, भुवन बिके, तिलक भट्टराईको अभिनय देख्न सकिन्छ। गीतलाई अनिश खड्काले सम्पादन गरेका छन भने व्यवस्थापन झबिन्द्र थापाले गरेका हुन। ‘ए आमा ‘ बोलको गित “तरवार फिल्मस” युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
भिडियो :