काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

रामेछाप खबर संवाददाता


नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ ।

व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गर्नुभएको छ । रु १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गर्नुभएका उहाँले पहिलो वर्ष खर्च कटाएर रु ६७ हजार आम्दानी गरेको बताउनुभयो । “एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छाँै”, किसान रानाले भन्नुभयो ।