बिहेपछी आज पहिलो पटक भान्साघरमा पसेकी एक महिला लघुकथा

रामेछाप खबर संवाददाता

काठमाडौं ।

रमिला ले बिहेपछी आज पहिलो पटक भान्साघरमा पसेकी थिइन। सासू आमा पबित्रा आइन् र उनलाई भनिन्: ” बुहारी सबै खाना मैले बनाएर राखिदिएकी छु। तिमीले हात मात्रै लगाएकी छौ, तर तिमिले एक थरी मीठो ब्यंजन बनाउँनै पर्छ। तिमिलाई सबैभन्दा राम्रो के चिज बनाउन आउँछ त्यो बनाएर पाहुनालाई खुवाउ…”।

सासू आमाको कुरा सुनेर रमिलाको हात खुट्टा काप्न थाल्यो धेरै राम्रो बनाउन त उनलाई केही पनि आउँदैन थियोे। उनलाई चिन्ता हुन थाल्यो यता उता हेर्दै थिइन तब मुस्कुराउँदै जेठानी गौरी उनको नजिक आइन र भनिन्: “के भयो रमिला..? तिम्रो कुरा मैले बुझिसकेकी छु..। तिमीले चिन्ता लिनुपर्दैन, मलाई थाहा थियो तिमीले भान्साको काम गर्न हडबडाउँछौ भनेर त्यसैले मैले पहिला नै काक्राको अचार बनाएर राखेकी छु तिमिले अब यति काम गरिदेउ सबै खानाको छेउ-छेउमा एक-एक प्लेटमा अचार राखिदेउ ।”
जेठानी दिदीको कुरा सुनेपछि रमिलाले शान्तिको सास लिइन र भन्न थालीन.” दिदी तपाईं कति राम्री हुनुहुन्छ..” जेठानी गौरी ले भनीन: ” मेरो कुनै दिदिबहिनी छैनन् एउटा भाइ मात्रै छ। म जहिले दिदीबहिनीको कमि महसुस गरिरन्छु र म चाहन्छु तिमी मेरो सानी बहिनी बनेर मेरो साथमा बस। तिमिलाई यो सम्बन्ध मन्जुर छ.?”

रमिलाले गौरीको दुई हात पक्डिएर भनिन्: “ढुङ्गा खोज्दा देउता मिल्यो दिदी । म आफै पनि आफ्नो आमाबुबाको एकमात्र सन्तान हुँ। मेरो त न भाइ छ न दिदिबहिनी। मलाई अरु के चाहियो र तपाईं जस्ती प्यारी ठुली दिदी पाएकी छु। मेरो त जीवन धन्य भयो..”।

जेठानीको मार्गदर्शनमा रमिलाले आफै तातोतातो खाना पस्किएर राम्रोसँग सजायर पाहुनालाई दिइन् । सबै पाहुनाको आँखामा प्रशंसाको भाव थियो सबैले खाना साथै अचारको धेरै प्रशंसा गरे। साथै रमिलाको बिबाहको सबै कार्यक्रम पूरा भएपछि पाहुनाहरु बिस्तार बिस्तारै आआफ्नो घर फर्किदै गए।

केही समयपछि रमिलाले जेठानी गौरी सँग मिलेर घरको काम हरुमा मद्दत गर्न शुरु गरिन। दुई मिलेर सरासर सबै काम सक्थे र त्यसपछि आरामले गफसफ गर्थे। कहिले बगैंचामा बसेर चिया पिउथे कहिले टहल्न जान्थे। गौरीको बिहे भएको पाँच बर्ष पूरा भैसकेको थियोे तर अहिलेसम्म गौरी आमा बन्न सकेकी थिइन। सासुले प्राय भनिरहन्थिन: थाहा छैन तैले मलाई कहिले नातीको मुख हेर्न दिन्छेस? म तिमरुबाट छिटै नातिनातिनाको अनुहार हेर्न चाहन्छु।

“अब बिचरी गौरीले के जवाफ दिओस? गौरीमा त केहीको कमि थिएन कमि त उसको श्रीमान राजनमा थियोे तर नेपाली नारी हुनुको नाताले यश कुरालाई आफ्नै मनमा दबाएर राखेकी थिइन।

अघिल्लो बर्ष रमिला गर्भवती भइन जुन दिन गौरीले थाहा पाइन उनको खुशिको ठेगाना नै थिएन। उनले भन्न थालीन मलाई यस्तो लागीरहेको छ जस्तो म आफू नै गर्भवती भएकी छु। खुशीले उनले रमिलालाई चुम्बन गरेकी थिइन् र उनलाई सम्झाउन थालेकी थिइन्. यस्तो अवस्थामा उनले के गर्न हुन्छ र के गर्न हुँदैन। उनको स्वास्थ्य, खानपानको गौरीले खुब ध्यान राक्न थालीन। जे रमिलालाई खान मन हुन्थ्यो अमिलो पिरो चटपटे उनलाई बनाएर खुवाउथिन। सासू आमा पनि निकै खुशी थिइन कि ठुली बुहारी गर्भवती भइनन त के भयो कान्छी बुहारीले त उनलाई हजुरआमा बनाउने अवसर दिइन। गौरीले एउटि ठुली दिदिको जसरी सहि मार्गदर्शन रमिलालाई दिई रहन्थिन। प्रत्येक पटक डाक्टर हुने ठाउँ चेकअपको लागि उनले आफै लिएर जान्थिन। पुरै ९ महिनासम्म गौरीले घरको लगभग सबै कामहरू आफैले जिम्मा लिइन। र नाम मात्रैको काम रमिलालाई अराउथिन। रमिलाले प्रेमपुर्वक भन्थिन: दिदी, तपाईं कति थाक्नुहुन्छ होला। सबै काम तपाईं आफै नै गर्नुहुन्छ। मैले कति दु:ख दिएकी छु..” जेठानीले प्रेमपुर्वक कराउँछिन.. “पग्ली, यस्तो नभन। तिमी कति भाग्यमानी छौ जुन तिमिले आमा बन्ने सौभाग्य पाएकी छौ। मलाई थाहा छ आमा बन्न नपाउनुको पीडा कस्तो हुन्छ भनेर..” बोल्दै गर्दा जेठानी गौरीको आँखा वरिपरि आशुले भरिन्छ… ।”

डाक्टरले भनेका थिए रमिलाको शरिरमा खुनको कमिको कारण अप्रेसनको समय खुनको आवश्यक पर्न सक्छ. त्यसैले तपाइँहरूले खुन तयार गरेर राख्नुहोस। गौरीले तुरुन्तै जवाफ दिइन मेरो ब्लड ग्रुप ओ पोजेटिभ हो म युनिवर्सल डोनर हुं,। जब पनि आवश्यक पर्छ तपाईंले मेरो खुन लिन सक्नुहुन्छ म डेलिवरी समयमा यही हुन्छु। र हुन पनि त्यस्तै भयो अप्रेसन पछि खुनको आवश्यक पर्यो, र गौरीको खुन लिइयो। रमिलाले एउटा स्वास्थ सुन्दर छोरालाई जन्म दिइन। घरमा खुशिको माहोल बन्यो। जहाँ सासु-ससुराको खुशीको ठेगान थिएन, त्यही जेठानी गौरीको पनि खुशीले प्रसन्न थिइन। छोराको जन्म दिनमा नामकरण गर्ने समय गौरीले नाम राखिन सन्तोष जसलाई सबैले मनपराए र यही नै नाम राखियो ।

सन्तोष को पालनपोषणमा गौरीले देउरानीको धेरै सहयोग गर्थिन। कहिले मायाले उनलाई घुमान लिएर जान्थिन, उसको साथमा खेल्थिन, कुरा गर्थिन। रोएको सुन्ने बित्तिकै दौडिएर आएर काँधमा राखेर हातले थपथपाउथिन, गित गुनगुनाउथिन। यस्तो लाग्थ्यो आफुभित्रको सबै ममता सन्तोष लाई लुटाइरहन्थिन। उनको व्यबहार देखेर रमिलालाई महसुस हुन्थ्यो जेठानीले आफ्नो जिबनमा बच्चाको कमि कुन तरिकाले महसुस गरिरहनुभएकोछ भनेर ।

एकदिन कुरैकुरामा रमिलाले आफ्नो श्रीमानलाई भनिन: “दिदी आमा बन्नको लागि खोजिरहनु भएको छ। उनको पिडालाइ म महसुस गर्न सक्छु। के यस्तो हुन सक्दैन “हामीले दोस्रो बच्चा छिटै गर्भधारण गरौ र जे हुन्छ त्यो दिदिलाई दिउँ।” श्रीमानले रमिलाको मुखबाट यस्तो कुरा सुनेर केही बेरसम्म वाक्क न बक्क भए रमिलालाई हेरिरहे, र भने: “के भनेकी रमिला तिमिले यस्तो गर्न सक्छौं..? यो कुरा भन्नलाई सजिलो छ तर यसलाई व्यबहारमा ल्याउन गाह्रो छ..।”

” त्यसो भए तपाईंले मलाई बुझ्नै भएको रहेनछ। दिदिलाई मैले मेरो ठुली दिदी मानेकी छु र दिदीले पनि मलाई जहिल्यै सानी बहिनी जसरी प्रेम स्नेह सहयोग गर्नुहुन्छ। कहिलेकाही घरको कुनै काममा गल्ती हुँदा जब सासुआमा रिसाउनुहुन्छ दिदिले मेरो पक्ष लिएर मलाई बचाउँनुहुन्छ। मलाई कहिले लागेन कि उहाँ मेरो जेठानी हो भनेर. नत्र जेठानी देउरानीको सम्बन्ध त सदियौ देखि आआफुलाई गिराउदै आइरहेका छन् यसलाई कहिले राम्रो भनिएको छैन। सन्तोष को जन्मको समयमा पनि उनले आफ्नो खुन दिएर मलाई राम्रो स्वास्थ हुनलाई मद्दत गर्नुभयो। उनको पीडा देखेर मेरो मनमा जुन इच्छा जाग्यो मैले तपाइँलाई भनिदिए। म यसको लागि तयार छु, मलाई खुशी लाग्छ जब दिदिको काखमा पनि एउटा मायालु बच्चा खेल्छ। र त्यसमा दिदिले दुनियाँ भरको खुशी पाउनुहुन्छ। डाक्टरहरुको अनुसार गौरी दिदी कहिले आमा बन्न सक्नुहुन्न। यदि हामीले उनको इच्छा पूरा गर्दिने हो भने यो हाम्रो परिवारको लागि पनि धेरै राम्रो हुनेछ..”।

श्रीमानको सहमतिमा अघिल्लो बर्ष रमिला दोस्रोपल्ट गर्भवती भइन घरको बाताबरण एकपटक फ़ेरि खुशीयालीमा परिणत भयो। रमिला उनको श्रीमान सासू ससुराले यश राजलाइ राज नै रहन दिए। साथै गौरीलाई छोरा सरप्राइज दिने योजना बनाए। यसपटक रमिलाको स्वास्थ साथसाथै सन्तोष लाई पनि सम्हाल्ने जिम्मेवारी गौरीले लिइन। समय बित्दै गयो र समय आएपछि रमिलाले दोस्रोपटक छोरालाई जन्म दिइन। दुई दिन पछि जब रमिला घर आइन सासुआमाले गौरी र उनको श्रीमानलाइ कुर्सीमा बसालिन र रमिलाले आफ्नो छोरालाई गौरीको काखमा राख्दिइन र भनिन: लिनुहोस दिदी, आफ्नो छोरालाई सम्हाल्नुहोस..”।

गौरी छक्क परेर हेरेको हेरेइ भइन। श्रीमानले पनि हैरानी पुर्वक बच्चालाई हेरिरहे। दुइको मनबाट एउटै प्रश्न उठ्यो, काहिँ यो सपना त देखिरहेका छैनौ। उनीहरुको जिबनमा यति ठूलो खुशी पनि आउन सक्छ यो त सोच्न पनि सकिँदैन थियो। यस्तो लाग्थ्यो जस्तै जीवन धन्य भएको छ, दुईको आँखा खुशिको आँसुले भरिएका थिए। धेरै हिम्मत गरेर गौरिले सोधिन: “रमिला, के तिमिले साच्चै भनेकी हौ..? यो साच्चै नै मेरो छोरा हो..? काहिँ तिमिले यसलाई फिर्ता त लादिनौं..?
मलाई आमाको दर्जा दिएर तिमिले कति ठूलो गुन लगाएकी छौ मैले तिमिलाई भन्न नै सक्दिन.. । म जिन्दगीभर तिम्रो ॠणि रहन्छु..।”

“लादिन दिदी , त्यस्तो नभन्नुहोस। तपाईंले मलाई आफ्नो सानी बहिनी मान्नुभएको छ र जहिल्यै एउटि ठुली दिदिले जसरी मलाई साथ मार्गदर्शन दिनु भएकोछ। मेरो पनि त तपाईं प्रति केही कर्तव्य बन्छ। मैले त्यही गरेकी हुँ दिदी… आफ्नो दिदिको जिबनमा खुशीहरुको केही रंग भरेर मलाई आत्मीय प्रसन्नता हुन्छ। फ़ेरि तपाईंको यो छोरा हामी सबैको साथमा त रहन्छ..”।

गौरीले उनको दुई हात पक्डिएर चुम्बन गरिन र छोरालाई गला लगाएर भगवानलाई धन्यवाद दिइन जसको कृपाले सानी बहिनी जस्ती देउरानी पाइन जसले जिबनमा सप्तरंगिन ल्याइदिइन। सासू आमाले धेरै उत्साह र प्रसन्नताले भनिन: ” आज त म साँझ बत्तिमा घ्यूको दियो बाल्छु मेरो ठुली बुहारी पनि आमा बनेकी छ..” घरमा उत्साह र खुशीको माहोल बनिरहेको थियो। अस्ति भर्खर तिहार सकिएको थियो आज फ़ेरि घरमा लक्ष्मी पुजा जस्तै रौनक छाइरहेको छ ।।।
लेखक ; सन्तोष कार्की मौसुफ वाल बाट साभार