अविवाहित दीपाश्री निरौलाले चन्द्रागिरी पुगेर भरिन् सिउदोमा सिन्दुर !

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

चन्द्रागिरिस्थित भालेश्वर मन्दिरका मुल पुजारी विदुर न्यौपाने सामाजिक सञ्जाल टिकटकमा सक्रिय छन्। चन्द्रागिरिको मौसमको अवस्था एवं त्यहाँ आएका विशिष्ठ र चर्चित पाहुना आउँदा उनले टिकटकमार्फत जानकारी दिने गर्छन्।

कलाकारितामा स्थापित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई लिएर बेला बेला विभिन्न स्क्यान्डल सार्वजनिक भइरहन्छन्। फिल्म उद्योगमा जमेको यो जोडीलाई धेरैले जीवनकै जोडीका रुपमा लिने गरेकाछन्। तर दीपकका श्रीमती र ३ सन्तान छन्। दीपक हजुरबुवा बनिसक्दा पनि दीपा भने अविवाहित नै छिन्।

दीपक–दीपाले थुप्रै हिट काम गरेकाछन्। यो जोडी अहिले फिलम ‘छक्का पन्जा ४’को सुटिङमा छ। पछिल्लो पटक उनीहरु चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा देखिएका छन्। उनीहरुको यो जोडीका साथमा त्यहाँका मूल पुजारी विदुर न्यौपाने देखिन्छन्। अर्को खास कुरा अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखिएको छ।

जाडो महिना लागेसँगै चन्द्रागिरिमा हिउँ परेको छ वा छैन भन्नेबारे पनि उनले जानकारी दिइरहेका हुन्छन्। यस्तैमा मंगलबार उनले टिकटकमा एक भिडियो राखे, जसमा थिए कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला।

दीपक खैरो छालाको जुत्ता, जिन्स पाइन्ट, कुर्था र त्यसमाति ज्याकेटमा थिए भने दीपा साडीमा सजिएकी थिइन्। भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्।’

अहिले यो भिडियो भाइरल भइरहको छ। अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखेपछि दर्शकले विभिन्न अड्कबाजी गरिरहेका छन्। धेरैले दीपाको विवाह भएको भनेर प्रश्न गरेका छन्। मनसुन नामकी प्रयोगकर्ताले दीपककै शैलीमा प्रश्न गरेकी छिन् ‘दर्शन गर्न गया हो कि बिहे गर्न गया हो? कुरो बुझ्न गाह्रो भया हो। दिपाको सिउँदो मा सिंदुर हामी जन्ताले देख्या हो।’

दीपकले दीपाको विवाह भएको तर फिल्मका लागि बिहे भएको बताएका छन्। फिल्म ‘छक्का पन्जा ४’ छायांकनका क्रममा उक्त तस्बिर लिएको दीपकले बताएका छन्। उनी भन्छन्, ‘हामी छक्का पञ्जा ४ को सुटिङका लागि चन्द्रागिरि गएका थियौं। गुरुबाको आग्रहमा टिकटक बनाएका हौं।’ फ्लिम ‘छक्का पन्जा ४’ भने आगामी फागुन १९ गतेबाट रिलिज हुने तयारीमा छ।