राष्ट्रपतिले चढिन् साझाको बिजुली बस

रामेछाप खबर संवाददाता


राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर पाटनको यात्रा गरेकी छन् । शनिबार ललितपुरको पिम्बहाःमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा यातायातको बिजुली बस चढेर पाटन गएकी यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधारले जानकारी दिए ।

राष्ट्रपतिले पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गरेकी हुन् । त्यहाँबाट पिम्बहाः पोखरीमा आयोजित कार्यक्रममा सहभागी भएकी हुन् । पाटन ढोकामा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगायतले राष्ट्रपति भण्डारीको स्वागत गरे ।
राष्ट्रपति चढेको बसलाई स्कर्टिङ गरेर ललितपुर लगिएको थियो ।