प्रवास

मलेशियामा १५ वर्षदेखि रोजगारी गर्दै आएका एक नेपालीको मृत्यु !

२३ साउन, काठमाडौं । कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ। मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए। यो पनि…हवाई भाडा बढेका कारण...

मलेसियामा विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा १० जना पक्राउ

२१ साउन, काठमाडौं । मलेसियाको भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) ले विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा दश जनालाई पक्राउ गरेको छ । शुरूमा घुस लिएको अभियोगमा पक्राउ परेका ८ जनाका बारेमा सोधपुछका लागि अनुसन्धानको घेरामा परेका थप २ जना पनि पक्राउ परेका हुन्...

साउदी अरबमा मृत्यु भएकाको परिवारले पाए ‘ब्लडमनी’ स्वरुप १७ करोड

१७ साउन, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम...

साउदी अरबमा मस्तिष्क घात भई उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो

१५ साउन, काठमाडौं । साउदी अरबमा मस्तिष्क घात भई उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। गत फेब्रुअरीमा ड्यूटी सकाएर कोठामा फर्किँदै गर्दै अचानक मस्तिष्क घात भई गाडीको सिटमै ढलेका सर्लाही बरहथवा नगरपालिका वडा नं. ७ का अरूणकुमार रायलाई उद्धार गरी नेपाल एयरलाइन्समार्फत...

साउदीमा एक वर्षमा २०६ नेपालीको मृत्यु, १८० जनाको शव नेपाल आइपुग्यो

१५ साउन, काठमाडौं । आर्थिक वर्ष २०७८-७९ मा रोजगारीका लागि साउदी अरब पुगेका २०६ नेपाली कामदारको मृत्यु भएको छ । दुर्घटनालगायतका कारणले मृत्यु भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । १८ जनाको साउदी अरबमै अन्तिम...

साउदीबाट उपचार खर्च मिनाहा गरी तामाङलाई नेपाल फर्काइयो

१३ साउन, काठमाडौं । साउदी अरबमा सवारी दुर्घटना परी गम्भीर घाइते भई अर्धचेतन अवस्थामा रहेका एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। गत जनवरीमा साउदी अरबको अल कासिम क्षेत्रमा सवारी दुर्घटना परी गम्भीर घाइते भई हायलस्थित साउदी-जर्मन अस्पतालमा उपचाररत काभ्रेको रोशी गाउँपालिका-४ का रामबहादुर...

हङकङमा एक नेपालीको शंकास्पद मृत्यु

१२ साउन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन् । गुरुङ हङकङको किंसपार्कमा ठूलो र अग्लो रुखमा झुण्डिएको अवस्थामा गत ५ असारमा मृत फेला परेका थिए । इभिनिङ...

मलेसियामा काेराेनाबाट थप ९ जनाको मृत्यु

११ साउन, क्वालालम्पुर । मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १०...

कुवेतमा हृदयाघातका कारण एक नेपालीको मृत्यु !

१० साउन, काठमाडौं । सांकेतिक तस्वीर । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा – १ पिपरा कपिलवस्तुका विशाल कुँवर रहेका छन् । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । कुवेतको मामा मावाहेब रेस्टुरेन्ट कार्यरत रहेका...

मलेसियामा एकै दिन दुई हजार सात सय संक्रमित थपिए

९ साउन, क्वालालम्पुर । आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार छ सय ५१...