साउदीमा हुनेले अनिबार्य हेरौं : साउदी सरकारले दियो यस्तो चेतावनी !

रामेछाप खबर संवाददाता

२७ भदौ, काठमाडौं ।

साउदी अरबमा अनुमति नलिई फोटो-भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे ६ महिना जेल र ५० लाख रियाल जरिवाना हुने भएको छ। साउदीमा अनुमति लिएरै खिचिएका फोटो र भिडिओ पनि अनुमति नलिई सामाजिक सञ्जालमा शेयर गर्नेलाई ५ देखि ५० लाख साउदी रियालसम्म जरिवाना हुने भएको हो।

‘साइबर अपराधको साउदी कानुन अन्तर्गत, त्यस्तो गतिविधि गर्नेहरूलाई ५ देखि ५० लाख रियालभन्दा बढी र तीन वर्षको जेल सजाय हुन सक्छ’, कानुन विशेषज्ञ डा. माजेद गरौबले भने, ‘सामाजिक सञ्जालमा ठट्टा पोस्ट गर्नु साउदी अरबमा अपराध हो र यसलाई देशको साइबर अपराध विरोधी कानुनको उल्लङ्घनका रूपमा वर्गीकृत गरिएको छ।’

जुनसुकै उमेर समूहका अपराधीलाई पक्राउ गर्न र जेल सजाय हुनबाट छुट नहुने बताइएको छ। पोस्ट गर्ने र सेयर गर्ने दुवैलाई कारबाही हुनेछ। हालैका वर्षहरूमा, साउदी प्रहरीले दर्जनौँ व्यक्तिहरूलाई सामाजिक सञ्जालको दुरुपयोग र विभिन्न प्रकारका अनलाइन अपराध गरेको आरोपमा पक्राउ गरिरहेको छ। साउदी सरकारको यो कानुन अनुसार अब त्यहाँ कार्यरत नेपाली कामदारहरू पनि सचेत हुनुपर्ने भएको छ। साउदी अरबमा विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

थप समाचार…ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धनबारे छलफल
ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गरिएको छ। नेपाली दूतावास मस्कटमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले संसदीय सुनुवाइ समितिमा पेस गरेका कार्य योजनाको आधारमा छलफल गरिएको हो।

दूतावासले तयार गरेको कार्य योजनामा ओमानस्थित नेपाली सोसल क्लब लगायतका संघ संस्थाका प्रतिनिधि र दूतावासका पदाधिकारीबीच छलफल भएको जनाइएको छ। सहभागीहरूले कार्य योजनाका क्रियाकलापमा सहकार्य गर्न तत्पर रहेको बताए।

राजदूत अर्यालको प्रस्तुतीकरण पश्चात् कार्य योजनाको विभिन्न विषयवस्तुमा बुँदागतरुपमा छलफल गरिएको थियो। छलफलका क्रममा आएका सुझावहरूलाई समावेश गरेर ड्राफ्ट कार्ययोजना इमेलबाट सर्कुलर गर्ने र पृष्ठपोषणको आधारमा त्यसको अन्तिमरुप दिएपछि सार्वजनिक गरिने राजदूत अर्यालले बताए।

विकास कूटनीतिका अन्य पक्षहरूमा पनि यसै गरी क्रमिकरुपमा छलफल र निर्णय गर्दै जाने दूतावासको कार्यक्रम रहेको उनले सुनाए। कार्यक्रम अघि दूतावासका कर्मचारी तथा परिवार र नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा राजदूत अर्यालले शिष्टाचारका विभिन्न पक्ष तथा विदेशमा नेपालीहरुले गर्न हुने/नहुने विषयहरूमा जानकारी दिएका थिए। विदेशमा बस्ने सबै नेपाली, नेपालका प्रतिनिधि तथा राजदूत जस्तै भएको र हरेक व्यक्तिले गर्ने क्रियाकलापले नेपालको छविलाई प्रतिबिम्बित गर्ने हुनाले आधारभूत शिष्टाचार राख्नु पर्ने र पालना गर्नु पर्नेमा उनले जोड दिएका थिए। खबरहब