मुख्य समाचार

सडक भासिएको ठाउँबाट दुई पुरुषको शव बाहिर निकालियो

०७ जेठ ७ गते १४:०६

२७ जेठ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएर मर्स्याङ्दी नदी किनारमा भएको दुर्घटनामा फेला परेका दुई पुरुषको शव निकालिएको छ। सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा गएको गोताखोर सहितको टोलीले शव...

सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

०७ जेठ ७ गते १३:३

२७ जेठ, काठमाडौं । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौँ लगिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ ।...

प्रधानमन्त्री देउवाले मेयर बालेन शाहलाई किन बोलाए बालुवाटार ?

०७ जेठ ६ गते ०:५१

२६ जेठ, काठमाडौं । करिब दुई सातादेखिको काठमाडौं उपत्यकामा फोहोर उठ्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहलाई बालुवाटार बोलाएका छन्। फोहोर उठाउने सहमति भए पनि फोहोर फाल्‍ने ठाउँका स्थानीयले विरोध गरेपछि फोहोरसहितका डेढ सय ट्रक काठमाडौं फर्काइएको थियो। बुधबार बिसर्जनका लागि...

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

०७ जेठ ६ गते १४:४

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताउनुभएको छ । उहाँले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताउनुभयो...

मनसुनी वायु देशभर फैलिंदै‚ बाढी पहिरो र डुबानबाट उच्च सतर्कता अपनाउन आग्रह !

०७ जेठ ६ गते ८:३७

२६ जेठ, काठमाडौं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार पछिल्लो...

काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला

०७ जेठ ५ गते १३:१३

२५ जेठ, काठमाडौं । काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका २४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको बताए। बिहान एक जना...

ल्यान्डफिल साइटमा जुनसुकै बेला विस्फोट भएर आगलागी हुने सम्भावना

०७ जेठ ५ गते १:३

२५ जेठ, काठमाडौं । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौँ महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ। वैज्ञानिक डा.भोजराज पन्तको टोलीले तयार...

नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाखसहित ४ जना चिनिया नागरिक पक्राउ

०७ जेठ ४ गते १:००

२४ जेठ, काठमाडौं । फाईल तस्विर प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई...

रेस्टुरेन्टमा इन्टर्नसिप गर्न गएकी छात्रा वेटरबाटै बलात्कृत

०७ जेठ ४ गते ०:३६

२४ जेठ, काठमाडौं । काठमाडौंको हात्तिसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा एक छात्रा बलात्कृत भएकी छन्। रेस्टुरेन्टकै वेटरबाट आफू बलात्कारमा परेको भन्दै उनले जाहेरी दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। रेस्टुरेन्टका वेटर दोलखाका जीवन फुयाँल खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। होटल म्यानेजमेन्ट...

काठमाडौंको कपनस्थित धोबीखोलामा एक पुरुषको शव फेला

०७ जेठ ४ गते १०:३

२४ जेठ, काठमाडौं । काठमाडौंको कपनस्थित धोबीखोलामा एक पुरुषको शव भेटिएको छ। सुकेधारबाट कपन जानेबाटो नजिक खोला किनारमा नवनिर्मित ढलाने पुलमुनि पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको...