फास्टफुड एशोशिएसन नेपालद्वारा स्वर्गीय राजनाराण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

रामेछाप खबर संवाददाता

२३ पुस, काठमाडौं ।

फास्टफुड एशोशिएसन नेपालले संस्थाका पूर्वमहासचिव स्वर्गीय राजनारायण श्रेष्ठको १३औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । फास्टफुड एशोशिएसनले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा श्रद्धाञ्जली सभा गरी स्वर्गीय राजनाराण श्रेष्ठको आत्माको चीर शान्तिको कामनासहित परिवारजनमा समवेदना व्यक्त गरेको हो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले आफूले राजनारायण श्रेष्ठलाई लोकतन्त्रको बलियो खम्बा र सचेत युवाको रुपमा बुझेको बताए । उनले रामेछापमा स्वर्गीय राजनारायणको अभाव सधैं खड्किरहने बताए ।
त्यसैगरी, नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पूणर्बहादुर तामाङले स्वर्गीय राजनारायण श्रेष्ठ सबैको साझा व्यक्ति भएको पुष्टि भएको बताए । उनले रामेछापका कुनै नेता र व्यवसायीले स्वर्गीय राजनारायणले पाएजस्तो सम्मान नपाउने दाबी गरे । स्वर्गीय राजनारायणको अभाव रामेछाप कांग्रेसमा खड्किरहने उनको भनाइ छ । साथै, स्वर्गीय राजनारायण श्रेष्ठकी श्रीमतीलाई आमन्त्रित जिल्ला कार्यसमिति सदस्य बनाउनेसमेत उनले घोषणा गरे ।

फास्टफुड एशोशिएसन नेपालका पूर्वअध्यक्ष धनबहादुर श्रेष्ठले स्वर्गीय राजनारायण श्रेष्ठले संस्थालाई पुर्याएको योगदान उल्लेखनीय रहेको बताए । उनले फास्टफुड एशोशिएसनको इतिहासमा स्वर्गीय राजनारायण श्रेष्ठको नाम स्वणर्ाक्षरले लेखिने बताए ।
श्रद्धाञ्जली सभामा फास्टफुड एशोशिएसन नेपालका संस्थापक अध्यक्ष ताराराम श्रेष्ठ, निवर्तमान अध्यक्ष केशरबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्षहरु सुवास श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, फिणिन्द्र बहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ र स्वर्गीय राजनाराण श्रेष्ठका परिवार र आफन्तको उपस्थिति थियो । उपस्थितहरुले स्वर्गीय राजनारायण श्रेष्ठको तस्बिरमा माल्यार्पन गरी श्रद्धाञ्जली व्यक्त गरे ।

स्वर्गीय राजनारायण श्रेष्ठ नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क मञ्चका सभापति थिए । साथै, उनी होटल व्यवसायमा पनि संलग्न थिए । २०३० साल पुस १४ गते रामेछापको पकरवासमा जन्मिएका राजनारायण श्रेष्ठको निधन २०८० पुस १० गते भएको थियो ।