सल्यानमा हिड्दै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु

रामेछाप खबर संवाददाता

२२ असार, सल्यान ।

सल्यानमा हिडदै गरेको गाडीमा करेन्ट लागेर एकै घरका बाबू छोराको निधन भएको छ । दाङ तुल्सिपुर देखि रुकुम जादै गरेको रा १ ख ८३४ नम्बरको बसमा कपुरकोट गाउँपालिका- ३ चोरखोलामा करेन्ट लाग्दा २ जनाको घटना स्थलमा मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका हुन ।

सडकसंगै ३३ के भि बिधुत लाइन बाट करेन्ट लाग्दा रोल्पाको गंगादेव गाउँपालिका-४ का कालुराम डाँगी र उनका छोरा टोपबहादुर डाँगीको मृत्यु भएको छ भने सल्यानको बाग्चौरनगरपालिका लान्ति निवासी महेन्द्र ओली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार घाइतेलाई कपुरकोट स्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारगरेपछि थप उपचारको लागि दाङ पठाईएको छ । बसमा करिब २० जना यात्रु सवार रहेको बताएको छ ।

सांघुरो सडकमा पहिरो गएको र छेउमै रहेको हाईटेन्सन लाईनबाट करेन्ट लागेको पाईपनि यसबारे थप अनुसन्धान भईरहेको र घटना स्थलमा प्रहरी खटाएर उद्धार तथा ट्राफिक व्यवस्थापनको काम भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।