रामेछापमा मतगणना बेलुका ५ बजेपछि…

रामेछाप खबर संवाददाता

५ मंसिर,रामेछाप।

रामेछापमा बेलुका ५ बजे पछि मत गणन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने र त्यस पश्चात् मत गणना सुरु गरिने छ । सोमबार बिहान ३ बजे सम्म सबै मत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदानमा रामेछापमा ४९.२८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार ८८ हजार ७५७ मत खसेको छ ।

रामेछापमा ९६ वटा मतदान स्थल र २ सय २६ वटा मतदान केन्द्रबाट मतदान भएको थियो । रामेछापमा प्रतिनिधिसभा तर्फ एक र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ २२ जना र प्रदेश क मा ११ जना र प्रदेश ख मा १२ जना चुनावी मैदानमा छन् ।

मोरङमा मतगणना १ बजे देखि
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकको मतगणनासँगसँगै गर्ने निर्णय गरेको छ । मतगणनालाई सहज बनाउन उम्मेदवार र एक÷एकजना दलकाप्रतिनिध मात्र बस्न पाउने निर्णय भएको छ भने भुलबस एकै खाले खसेका ५७ वटा मतपत्र बदर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।

उहाँले मतगणना निर्वाचन आयोगको निर्देशिका बमोजिम हुने भन्दै मतगणनास्थलमा सुरक्षाको कडा प्रबन्ध मिलाएको बताउनुभयो । मोरङको निर्वाचन क्षेत्र नं ४, ५ र ६ को विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि, निर्वाचन क्षेत्र नं १ को उर्लाबारी नगरपालिका भवनमा, २ को रतुवामाई नगरपालिको विश्वनाथ मन्दिरमा र ३ को बेलबारी नगरपालिकाको भगवती माविमा मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेकनकास्यप अधिकारीले जानकारी दिनुभयो ।