विमानस्थलमा गोली चल्यो..

रामेछाप खबर संवाददाता

२९ साउन, काठमाडौं ।

अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोली चलेकोछ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीहरूले तीनवटा गोलीको आवाज सुनेको बताए। प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

हालसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन। केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । यस सम्बन्धमा विस्तृत जानकारी आइ सकेको छैन। विमानस्थलको टर्मिनलको चेक इन गर्ने ठाउँमा गोली चलेको हो। बीबीसी

यो पनि…साठी वर्षीय वृद्धको छुरा प्रहार गरी हत्या
पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ । यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरिएको छ ।

हत्या गरिएका नसीर अहमद र उनका भाइ मुनीर बिहान किनमेल गर्न जान बस पार्खाइमा रहेका अवस्थामा छुरा प्रहार भएको डन अखबारले प्रहरी जानकारी दिएको छ ।

एक अज्ञात व्यक्तिले उनीहरूलाई रोकेको र उनीहरूको धर्मको बारेमा प्रश्न गरेको जनाइएको छ । आक्रमणकारीले आफ्नो झोलाबाट छुरा निकालेर अहमदलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

छुरा प्रहार गरी भाग्न खोजेका ती व्यक्तिलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएको थियो । आक्रमणकारीले उनीहरूलाई धार्मिक आधारमा आक्रमण गरेको र तहरीक–ए–लब्बैक पाकिस्तान (टीएलपी) को पक्षमा नारा लगाएको पीडितका भाइ मुनीरले डनलाई जानकारी दिएका छन् ।