मलेसिया सरकारले गर्यो तीन क्षेत्रमा श्रमिक आपूर्ति खुला, कुन कुन ? पुरा पढ्नुहोस्

रामेछाप खबर संवाददाता

१५ साउन, काठमाडौं ।

मलेसिया सरकारले नेपाल लगायत १५ वटा देशबाट तीन क्षेत्रको काममा श्रमिक आपूर्ति गर्न खुल्ला गरेको छ । नेपालसँगै तीन क्षेत्रमा विदेशी श्रमिक लिन खुल्ला गरिएका मुलुकहरूमा भारत, थाइल्याण्ड, कम्वोडिया, म्यानमार, लाओस, भियतनाम, फिलिपिनस, पाकिस्तान, श्रीलंका, बंगलादेश, तुर्केमेनिस्तान, उज्वेकिस्तान, इण्डोनेशिया र कजाकस्तान रहेका छन् ।

मलेसियाका गृहमन्त्रीले उद्योग, निर्माण र सेवा क्षेत्रमा नेपाल लगायतका देशबाट आउने कामदारको भर्ना गर्न खुल्ला भएको जानकारी दिएका हुन् । मलेसियाकाे सञ्चारमाध्यम मलेमेलका अनुसार श्रमिकको आवश्यकता पूरा गर्न तत्काल यस्तो निर्णय गरिएको गृहमन्त्री हम्जा जैनुद्दिनले बताएका छन् । कोभिडका कारण तथा स्वदेशी नागरिकलाई रोजगारी सुरक्षित गर्न भन्दै मलेसियाले विभिन्न क्षेत्रको रोजगारीमा विदेशी कामदार राख्न प्रतिबन्ध लगाएको थियो । विदेशी श्रमिक भर्ना गर्न रोक लगाइएका अन्य क्षेत्रको पनि अध्ययन गर्ने त्यहाँको मानव संशाधन मन्त्रालय र गृहमन्त्रालयले सहमति गरेका छन् । शिलापत्र

यो पनि..हङकङको क्याथेले असोज १५ देखि हङकङ-काठमाडौं उडान गर्ने
हङकङको ध्वजाबाहक वायुसेवा क्याथे प्यासिफिक एयरवेजले असोज १५ देखि हङकङ-काठमाडौं साप्ताहिक रुपमा उडान गर्ने भएको छ । यस वायुसेवाको नेपाल प्रमुख जुनु मलेकुका अनुसार नागरिक उड्डयन प्राधिकरणबाट साप्ताहिक एक उडानको अनुमति पाएको क्याथेले यात्रुको माग अनुसार उडान संख्या बृद्धि गर्ने छ । ०७६ चैत्रमा कोभिड संक्रमण सुरु भएसँगै नेपाल सरकारले कोरोना महामारी रोकथामका लागि लकडाउन गरेपछि क्याथेले यात्रु उडान बन्द गर्दै मेडिकल कार्गो सुरु गरेको थियो ।

उसले अहिले पनि काठमाडौंबाट सातामा एउटा कार्गो उडानबाट हस्तकला, गलैचा लगायत उत्पादन लैजाने गरेको छ भने हङकङबाट मेडिकल र इलेक्ट्रोनिक लगायत सामान ल्याउँदै आएको छ । क्याथेबाहेक नेपालबाट सातामा एक दिन राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ । निगमका अनुसार कोभिडका कारण नेपालबाट हङकङ जाने यात्रुले अहिले एक साता होटल क्वारेन्टाइनमै बस्नुपर्ने नियम अनिवार्य गरेको छ ।