घरमा साङ्लाले हैरान पारेको छ ? यि उपायले सजिलै भाग्छन् साङ्ला

रामेछाप खबर संवाददाता

काठमाडौं ।

धेरैको घरमा साङ्लो भेटिन्छ । घरका कुनाकाप्चामा देखने र बेलाबेलामा फुत्त फुत्त बाहिर निस्कने साङ्लोले हामिलाई हैरानै पार्छ । खाना पकाएर राखे पनि खानामै साङ्लो पर्ने डर पनि हुन्छ । कहिलेकाही त पकाउदै गर्दा पनि साङ्लो पर्छ र खाना फ्याक्नु पर्ने बाध्यता हुन्छ ।

साङ्लोले हैरान भएकाहरुले बजारमा पाइने स्प्रे प्रयोग गर्ने गर्छन् । तर सधै स्प्रे प्रयोग प्रयोग गर्नु पनि हाम्रो स्वास्थ्यको लागी फाइदाजनक हुदैन । त्यसैले साङ्ला भगाउन घरेलु उपाय पनि अपनाउन सकिन्छ । खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातले साङ्ला भाग्छ ।

तेजपातको गन्ध साङ्लालाई मन नपर्ने हुनाले भाग्ने गर्छ । साङ्ला भएको ठाउँमा तेजपात पिँधेर राखेमा साङ्ला भाग्छन् । त्यस्तै ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । ल्वाङलाई साङ्लो भएको ठाउमा राखेमा भाग्छ । त्यस्तै मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।त्यस्तै एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाएर पानी हालि साङ्ला भएको ठाउमा छर्केन सकिन्छ ।

यो पनि पढ्नुहोस …धेरै पानी पिउनेहरु सावधान ! हुनसक्छ खतरा, शरीरलाई कति पानी चाहिन्छ ?
गर्मी मौसममा घाममा हिँड्दा तिर्खा लाग्नु स्वभाविक हो । तिर्खा लागेपछि त्यसलाई मेटाउन पानी पिइन्छ । पानी शरिरकालागी अत्यावश्यक छ । त्यसो भए पानी धेरै खाँदा हुन्छ त ? फ्लोरिडा विश्वविद्यालय अन्तर्गत रहेको कलेज अफ हेल्थ एण्ड ह्युमन पर्फमेन्सले पहिले गरेको एक अध्ययनमा म्याराथोन तथा ट्राइएथ्लेटहरुमा वाटर इन्टोक्सिकेसन वा हाइपोएटर्मिया नामक समस्या देखा पर्ने गरेको उल्लेख छ । करिब १८ प्रतिशत धावक र साइकल चालकलाई यो समस्या देखापर्ने गरेको अध्ययनमा पाइएको छ ।

खेलाडीहरु कुद्ने क्रममा धेरै मात्रामा पानी पिउने गर्छन् । जसले रगतमा प्लाज्माको मात्रा वृद्धि हुन्छ । प्लाज्माको मात्रा वृद्धि हुदाँ रगतमा भएको नुनको मात्रामा कमी आउँछ । रेसमा कुद्दा शरीरमा भएको नुन पसिनाको माध्यमबाट खर्च भएको हुन्छ । जसले शरीरमा नुनको मात्रा न्यून हुन पुग्छ । जब नुनको मात्रा शरीरमा कम हुन थाल्छ, शरीर र मष्तिस्क बीच सम्पर्क टुट्न थाल्छ । मुटु पनि असामान्य रुपमा काम गर्न थाल्छ । अन्ततः विस्तारै शरीरका माशंपेसीहरुले सही रुपमा काम गर्दैनन् ।

धेरै पानी पिउँदा शरीरमा केही असामान्य क्रियाकलाप देखा पर्दछ । जब मानिसले अत्याधिक पानी पिउँछ, शरीरलाई चाहिने इलेक्ट्रोलाइट निस्क्रिय हुन्छ । जसले मुटुको धडकनलाई असर पुर्‍याउँछ । यसको उपचार गरेन भने मानिस कोमामा पनि जान सक्छ । कहिलेकाहीँ यसले मानिसको ज्यान पनि लिन सक्छ ।

जसरी चिनी धेरै खायो भने तितो हुन्छ भन्ने मान्यता छ त्यसैगरी लाभदायक छ भन्दैमा पानीको धेरै सेवन गर्नु ठीक हुँदैन । तर यसको मतलब कम पिउनुपर्छ भन्ने होइन । सही मात्रामा पानी पिउने गर्नुपर्छ । औसतमा शरीरलाई दैनिक १२ ग्लाससम्म पानी चाहिन्छ ।