भरतपुर महानगरकाे ताजा मत परिणाम सार्वजनिक, कसको कति छ मत

रामेछाप खबर संवाददाता

७ जेठ, चितवन ।

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् ।

८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनालई राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेका छन् । अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ ।

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उहाँका प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ भने उहाँका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा चार हजार ४२३ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।

महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिमाण आउन बाँकी छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ ।

महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।