सर्वसाधारणको ढाड सेक्ने गरि बढ्यो सवारी साधनको भाडा, अब कहाँ जान कति तिर्नु पर्छ ?

रामेछाप खबर संवाददाता

४ जेठ, काठमाडौं ।

सरकारले आजदेखि एक प्रदेशबाट अर्को प्रदेशसम्म चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडामा साढे ३ प्रतिशतले वृद्धि गरिएको छ ।

त्यसैगरी पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडामा ४ दशमलब ६० प्रतिशत र तराईका सडकमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडामा ५ दशमलब १० प्रतिशतले भाडा बढाइएको हो । विभागले यसबीचमा दुई पटक पेट्रोलियम पदार्थको भाउ बढेकाले सवारी साधनको भाडा बढाइएको कारण दिएको छ ।

अब सवारी साधनको भाडामा वृद्धिसँगै दैनिक उपभोग्यका सामानमा समेत मूल्य बढ्नेछ । अहिले नै बजारमा अनियन्त्रित तवरले मूल्य बढेकाले आजदेखि बजारमा सामानको भाउ अनियन्त्रित हुने निश्चित छ ।

उदाहरणको निम्ति बजारमा यो सातादेखि केरा प्रतिकोसा १५ रुपैयाँ पुगेको छ । बजारमा ठूलो साइजको केराको मूल्य प्रतिदर्जन १८० रुपैयाँ लिन थालिएको हो । खानेतेलको मूल्य प्रतिलिटर चार सय रुपैयाँ पुगेको छ ।