समीक्षा अधिकारीले लेखिन यस्तो भावुक कवितात्मक स्टाटस….

रामेछाप खबर संवाददाता

१५ वैशाख, काठमाडौं ।

दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो । गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ ।
उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् । यद्यपि, आफ्नो नयाँ गीतको लागि उनले यी शब्द लेखेकी हुन् वा मनको भाव ? यी कुरा जान्नु रोचक हुनेछन् ।

तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।