केकी अधिकारीले सुटुक्कै विवाह गरिन, यी हुन् उनका श्रीमान्

रामेछाप खबर संवाददाता

८ वैशाख, काठमाडौं ।

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन्। हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग भोलि (बिहीबार) उनी विवाह बन्धनमा बाँधिने भएकी हुन्। बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका छन्। पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन्।

रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए। उनी फुडमारियोको समेत सिइओ हुन्। केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।

पल शाह बलात्कार प्रकरण : बालिकाले नवलपुरमा पनि बयान फेरिन्

अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करण मुद्दामा पीडित नावालिग गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।पीडित नावालिकाको बुधबार वकपत्र गरिएकोमा उनले तनहुँमा झैं बयान फेरेको वकपत्र लिंदा बसेका एक जना सहभागीले बताए । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशमा वकपत्र गरिएको थियो । त्यसअघि उनले १ वैशाखमा जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा बयान फेरेकी थिइन् ।

तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको उनले बकपत्र गरेकी हुन् ।
अदालतका कर्मचारीका अनुसार सरकारी वकिलहरुले २०÷२२ वटा प्रश्न सोधेर जिरह गरेका थिए । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिएकी हुन् । बलात्कार भएको भनी आफूले आवेशमा आएर तनहूँमा त्यसघि बयान दिएको उनको भनाइ थियो ।

नवलपुरमा गायिकाको बुवा, कलाकार दुर्गेश थापा, कृष्ण जोशी, सम्राट चौलागार्इं, मेडिकल रिपोर्ट तयार पारेका डाक्टर लगायतको बकपत्र तयार पारिने छ । बुधबार अरुको वकपत्र नसकिएकोले अन्यको वकपत्र बिहीबारमात्र गरिने छ । वकपत्रमा नावालिग गायिकाले वयान फेरे पनि तत्काल पल छुटिहाल्ने सम्भावना कम रहेको कानुनविद् बनाउँछन् ।

सुटिङक्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो बहानामा आफूलाई पटकपटक करणी गरेको पीडित पक्षले फागुन ११ मा तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता पल शाहले फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

तनहुँ र नवलपुर दुवै अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी हाल जिल्ला कारागार तनहुँमा छन् । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बहसपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने ओदश गरेका थिए ।

सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा आफूलाई साधारण तारेखमा राखी पाउँ भनी गत १५ चैतमा निवेदन दिएका थिए । जसको फैसला हुन बाँकी छ । थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र पललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर छ । गत चैत १० मै पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखमा छाडिएको थियो ।