सलमान खान अब साउथ फिल्ममा, एक पैसा पनि लिएनन् फी

रामेछाप खबर संवाददाता

४ चैत, काठमाडौं ।

बलिउड स्टार सलमान खान अब छिट्टै दक्षिण भारतीय चलचित्रमा देखिने भएका छन्। पछिल्लो समय दक्षिण भारतीय फिल्मका अघि बलिउड निरीह बन्दै गएको छ।

यही क्रममा अब बलिउड स्टारहरूले नै दक्षिण भारतीय चलचित्रमा काम गर्ने भएपछि झनै बलिउडमाथि सङ्कट आइपरेको छ। यसअघि श्रद्धा कपुर, मनिषा कोइराला, श्रीदेवीदेखि थुप्रै बलिउड कलाकारले दक्षिण भारतीय चलचित्र उद्योगमा काम गरिसकेका छन्।

सलमान खानले काम गर्न लागेको साउथ फिल्म हो- गडफादर। साउथका सुपरस्टार चिरञ्जीवीको मुख्य भूमिका रहेको चलचित्रमा सलमानको विस्तारित केमियो रोल हुने बताइएको छ।

रमाइलो कुरा त, सलमानले यस चलचित्रका लागि एक पैसा पनि लिएनन्। फिल्म युनिटले उनलाई मोटो रकम दिन खोजे पनि सलमानले फ्रिमै काम गर्ने बताएका हुन्।

सलमानलाई चलचित्र युनिटमा सामेल गर्दै चिरञ्जीवीले उनको उपस्थितिले सबैलाई ऊर्जा बढाएको र उत्साह पनि अर्कै चरणमा पुगेको बताएका छन्। यस्तै उनीसँग स्क्रिन शेयर गर्न पाउनु निकै आनन्ददायी रहेको पनि बताएका छन्। यस चलचित्रमा दक्षिण भारतीय सुन्दरी अभिनेत्री नयनताराको पनि अभिनय रहनेछ।
उकेरा