काठमाडौँको मेयरमा उठ्नुपर्छ कि क्या हो!’ : राजेश हमाल

रामेछाप खबर संवाददाता

२५ फागुन, काठमाडौं ।

फाईल तस्विर।
अभिनेता राजेश हमालले आफ्नो एक दिनको दैनिकीको भ्लगको ट्रेलर आफ्नै युट्युब च्यानलमा सार्वजनिक गर्दै युट्युबमा डेब्यु गरेका छन्। ‘राजेश हमाल अफिसियल’ नामक च्यानलबाट पोष्ट भएको उक्त भ्लगमा अभिनेता हमालले नेताहरुले भाषण गरे पनि काठमाडौँको सौन्दर्यीकरणमा भने कसैले ध्यान नदिएको बताएका छन्।

हमालले भिडिओमा भनेका छन्, ‘शहरलाई ब्युटिफाइ गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमाचाहिँ भनिरा हुन्छन् तर प्राक्टिकली गर्ने सोच नपुगेर हो कि? ढङग नपुगेर हो कि?’’

भिडिओमा उनले थपेका छन्, ‘एकचोटि यो काठमाडौँ शहरको मेयर बन्नुपर्छ कि के हो म !’ आउँदो बैशाख ३० गते सरकारले स्थानीय तहतर्फ चुनाबको घोषणा गरिसकेको छ। चुनाब नजिकिँदै गर्दा यसअघि र्‍यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन्।

यो पनि…..कलाकार चम्सुरीको मिर्गौला प्रत्यारोपण सफल, भाइले दिए मिर्गौला

चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको मिर्गाैला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ । आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उनको मिर्गौला प्रत्यारोपण शल्यक्रिया भएको हो ।

५ घण्टाको लगाएर उनको शल्यक्रिया गरिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए । उनलाई आफनै भाइ अजु डंगोलले मिर्गौला दिएको उनले बताए ।

उनका अनुसार पल्पसार उनको भाइको अवस्था सामान्य रहेपनि पल्पसालाई होस आउन अझै केही घण्टा लाग्नेछ । आठ महिनाअघि उनका दुबै मिर्गौला फेल भएका थिए । उनी मेरी बास्सैको टेलिसिरियलमा चम्सुरीको भूमिकामा खेलिरहेकी छन् ।