पूजा शर्मा र युद्ध बानियाँको एकाएक प्रेम चर्चा, के हो वास्तविकता ?

रामेछाप खबर संवाददाता

२४ फागुन, काठमाडौं ।

‘म यस्तो गीत गाउँछु २’ ले राम्रो ब्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् । फिल्मका नायक पल शाह बलात्कार केसमा तानिएको यो कठिन परिस्थितीमा उनको फिल्मले बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ । सबै तिर खुशीयाली आए संगै नायिका पुजा शर्माले लामो समय देखी लुकाएर राखेकी आफ्नो प्रेमी पनि सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रेमी युद्ध बानियाँसँगका तस्बिरहरू सेयर गर्दै उनले प्रेमबारे खुलासा गरेकी हुन् । यसअघि पनि यो जोडीको चर्चा चले पनि आधिकारीक रुपमा सम्बन्ध बारे केही बोलेका थिएनन् । उनले करिब एक वर्षदेखि युद्ध संगको प्रेमलाई अगाडि बढाइरहेकी छिन् । पछिल्लो समय फिल्मको हरेक शो हरुमा युद्ध पुजा संग संगै देखिने गरेका छन् ।

अब यो प्रेमिल जोडीले आफ्नो फक्रिएको प्रेमलाई विवाहमा परिणत गर्ने योजना बनाएका छन् । युद्ध बानियाँ हेटौंडाका निर्माण व्यावसायी रहेका छन् । शारीरिक रुपमा एकदमै फिट देखीने युद्धले मोडलिङ समेत गर्ने गरेका छन् । नायिका पुजा शर्माको भने धेरै नायकहरु संग नाम जोडिदै आएको थियो । युद्ध भन्दा अघि नायक आकाश श्रेष्ठसँग पुजा एकदमै नजिक थिइन् । पुजा र आकाश बीच केही समय अगाडी देखी सम्वन्ध चिसिएको थियो ।

आकाशभन्दा अगाडि पुजाको प्रेम सुदर्शन थापासँग रहेको थियो । फिल्मी बजारमा पुजाको नाम एक समय पल शाह संग पनि जोडिने गरेको थियो । पुजाले प्रेमीको तस्वीर सेयर गर्दै ‘यु आर द स्पेशियल वान’ भनेकी छिन् । केही दिनअगाडि पनि उनले आपूmलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् । यतिबेला पल शाह प्रकरणलाई लिएर पुजा तीव्र विवादमा मुछिएकी छन् ।