पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ : रेखा थापा

रामेछाप खबर संवाददाता

२४ फागुन, काठमाडौं ।

आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । यसपालि नेपालमा ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

महिला दिवसको अवसरमा सामाजिक सञ्जालमा धेरैले शुभकामना सन्देश दिइरहेका छन् । अभिनेत्री रेखा थापाले पनि महिला दिवसको अवसरमा शुभकामना दिएकी छन् । उनले दिवसको अवसरमा प्रत्येक घरमा ‘योद्धा छोरी’ जन्मिनुपर्ने कुरामा जोड दिएकी छन् ।

पुरुषसँग पनि कयौं पीडा कायमै रहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ । पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’