खाँडादेवी गाउँपालिकामा १३ हजार जनसंख्या गायब भएपछि खैलाबैला

रामेछाप खबर संवाददाता

१४ माघ, रामेछाप ।

खाँडादेवी गाउँपालिकाले दुई बर्ष अघि गाउँपालिकाभित्रको जनसंख्या ३३ हजार रहेको तथ्याङ संकलन गरेको थियो । सोही जनसंख्या अनुसार गाउँपालिकाले आफ्नो नीति र कार्यक्रम बनाउदै पनि आएको थियो । तर हालै सार्वजनिक २०७८ को जनगणना अनुसार खाँडादेवी गाउँपालिकाको जनसंख्या ३३ हजारबाट घटेर १९ हजारमा झरेको छ । गत बर्ष नै खाँडादेवी गाउँपालिकाले गाउँपालिकाको जनसंख्या ४० हजार पुग्ने अनुमानसहित प्रस्तावित खाँडादेवी नगरपालिका बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई औपचारिक रुपमा पत्राचार समेत गरिसकेको छ ।

अझ रोचक पक्ष त के छ भने १९ हजार ३८१ जनसंख्या कायम भएको खाँडादेवी गाउँपालिकाको मतदाता संख्या भने २२ हजार १६० रहेको छ । गाउँपालिकाको जनसंख्या घटेसँगै संघीय सरकारबाट प्राप्त हुने बजेटमा पनि कटौती हुनेछ । संघीय सरकारले स्थानीय तहलाई बजेट दिदा जनसंख्यालाई पहिलो आधार मान्दै आएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जनसंख्या घटनुलाई आफूहरुले आश्चार्यको रुपमा लिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाको मतदाता संख्या २२ बढी छ, अहिले आएर जनसंख्या १९ हजार मात्र कसरी कायम भयो, निकै गम्भीर प्रश्न उठेको छ ।’ तामाङले जनगनणा हचुवाकै भरमा गरिएको प्रतिक्रिया दिदै तलत तथ्याङक आउदा गाउँपालिकाको नीति निर्माण तहमै असर पर्ने बताए ।
रामेछाप न्युज डटकम अ