केएल राहुल आइपिएलको सबैभन्दा महंगा खेलाडी, कति पाए पारिश्रमिक ?

रामेछाप खबर संवाददाता

८ माघ, काठमाडौं।

पुराना आठ र नयाँ दुईसहित आइपिएलमा यसपटकदेखि १० टिमले सहभागिता हुने छ। नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन्। अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्नेछन्।

आइपिएलका सबैभन्दा महंगा खेलाडी सनराइजर्स हैदरवादका केएल राहुल छन्। उनले अक्सनमा १७ करोड भारु पाएका छन्। उनीपछि मुम्बई इन्डियन्सका रोहित शर्माले १६ करोड पाएका छन्। दिल्ली क्यापिटल्सका ऋषभ पन्तको पनि १६ करोड नै रहेको छ।

रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहलीको १५ करोड भारु रहेको छ। यसैगरी, चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनीको १२ करोड, कोलकता नाइट राइडर्सका आन्द्रे रसेल १२ करोड, राजस्थान रोयल्सका सन्जु सामसन १४ करोड, पञ्जाव किंग्सका मयंक अग्रवाल १२ करोड, अहमदाबादका हार्दिक पाण्ड्या र रसिद खानको १५-१५ करोड अक्सन मूल्य तोकिएको छ।

एपीएफ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

बिभागिए टिम एपीएफ फुटबल क्लव आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले अमेरीकी टिम भुटनिज युथ सपाेटर्स क्लवलाई दुई एकले हरायो । एपीएफको जितमा रवी थिङले दुई गोल गरे ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफले एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै सेमिफाइनलमा स्थान बनायो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै अमेरीकी टिम भुटनीज युथ स्पोर्टस क्लवले अग्रता लिन सफल भयो ।

खेलको ४८ औं मिनेटमा भुटनीज युथ स्पोर्टस क्लवले खेलमा अग्रता बनायो । उसका लागि मिगेलले गोल गर्न सफल भए । उनले राइली युरीको क्रसमा एपीएफका डिफेन्डरबाट डिफ्लेक्ट भएर आएको बलमा खुल्ला रुपमा हेडर गोल गरे ।

५२ औं मिनेटमा अमेभरी टिमले अर्को उत्कृष्ट मौका खेर फालेको थियो । राइली युरीले गरेको हेडरलाई एपीएफका जापानी गोलकिपरले उत्कृष्ट बचाउन गरे । ६० औं मिनेटमा युरीले पाएको अर्को राम्रो अवसरलाई खेर फाले । उनले गरेको प्रहार पोष्ट भन्दा बाहिर रह्यो । ६३ औं मिनेटमा रवी थिङको पासमा अर्मान्ड बिडोङले पाएको मौकामा असफल बने ।

६७ औं मिनेटमा बीवाईएफसीका काइलो ब्राइनले लगभग वन भर्सेस वनको अवस्थामा उत्कृष्ट मौका खेर फाले । उनले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

६८ औं मिनेटमा प्रदिप लामाले प्रहार गरेको बललाई बीवाईएफसीका गोलकिपरले बचाएपछि रिबाउन्डमा गोल गर्न गएका अर्मान्ड बिडोङलाई हेक्टरले फल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो । जसलाई आभाष लामिछानेले गोल गर्दै टिमलाई एक एक गोलको बराबरीमा पुर्याए ।

८४ औं मिनेटमा एपीएपले खेलमा अग्रता बनायो । उसका लागि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका रवी थिङले गोल गर्न सफल भए । उनले डिबक्स भित्रबाट गरेको प्रहारलाई बीवाईएफसीका गोलकिपरले बचाउन सकेन ।

खेलको इन्जुरी समयमा रवीले ब्यक्तिगत दोस्रो गोल गर्दा टिमलाई तीन एकको जित दिलाए । उनले डिबक्सको बाहिरबाट गरेको सशक्त प्रहार बीवाईएफसीका गोलकिपरले बचाउन सकेनन् ।

त्यसपछि बीवाईएफसी खेलमा फर्कन सकेन र एपीएफ फुटबल क्लवले सेमिफाइनलमा स्थान बनायो । हारपछि अमेरीकी टिम प्रतियोगिताबाट नै बाहिरीएको छ । अब एपीएफले सेमिफाइनलमा संकटा र मच्छिन्द्रविचको विजेतासँग खेल्नेछ ।

प्रतियोगितामा भोली उपाधिको बलियो दावेदार मनाङ मस्र्याङदी र नेपाल पुलिस क्लवविच प्रतिस्पर्धा हुनेछ । मनाङले सोझै क्वाटरफाइनल खेल्न लागेको हो भने पुलिसले हिमालयन शेर्पालाई सडेन डेथमा हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।