रोनाल्डो प्रशिक्षकसँग किन रिसाए ?

रामेछाप खबर संवाददाता

६ माघ, काठमाडौं ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली ब्रेन्टफर्डलाई ३–१ को गोल अन्तरले पराजित ग¥यो । खेलमा पोर्चुगिज फरवार्ड रोनाल्डोले भने गोल गर्न सकेका थिएनन् ।

निर्धारित समयको खेल सकिन २० मिनेट बाँकी रहँदा टोली २–० को अग्रतामा रहँदा अन्तरिम प्रशिक्षक राल्फ रागनिकले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सब्सिच्युट गरिदिए । त्यसपछि उनले बारम्बार असन्तुष्टि पोखे ।

प्रशिक्षक राल्फले ७१औं मिनेटमा रोनाल्डोको स्थानमा डिफेन्डर ह्यारी मगाए र मार्कस रासफोर्डको स्थानमा मेसन ग्रीनवुडलाई मैदान प्रवेश गराएका थिए । मैदान छाडेर बेञ्चमा आउने क्रममा रोनाल्डोले सब्सिच्युट हुनु परेकोमा असन्तुष्टि पोखे । ज्याकेट बेञ्चमा फालेका उनले बारम्बार केही बोलिरहेको दृश्य देखिएको थियो ।

प्रशिक्षक रागनिकले रोनाल्डोको असन्तुष्टिलाई सामान्य रुपमा लिने बताएका छन् । ‘उनी खुसी छैनन्, तर उनी भर्खर चोटमुक्त भएर आएका हुन् । उनलाई आजको खेलमा टिममा राख्न पाउँदा नै म खुसी छु ।’ उनले बीबीसीसँग भनेका छन् ।

उनका अनुसार यो निर्णय शनिबार २–० को अग्रता लिएर पनि एस्टन भिल्लासँग बराबरीमा चित्त बुझाउनु परेको अवस्थाबाट पनि प्रेरित थियो । ‘मैले उनी (रोनाल्डो)लाई भने कि हामी २–० को अग्रतामा छौं र हामीले भिल्ला पार्कबाट शिक्षा लिनुपर्छ । त्यो खेलमा किन पछाडिको पाँच जना परिवर्तन गरिनँ भनेर मलाई आफैंप्रति रिस उठेको थियो ।’

‘आज हामी त्यही अवस्था थियौं र म फेरि त्यही गल्ती दोहो¥याउन चाहन्नँ । मैले भनेँ, सुन रोनाल्डो, तिमी ३६ वर्षको भयौं र राम्रो फर्ममा छौं । तर जब तिमी मुख्य प्रशिक्षक हुन्छौं, तिमीले मुख्य प्रशिक्षककै चश्माले हेर्नुपर्छ ।’ आफ्नो काम क्लबको हितमा निर्णय लिने भएको र रोनाल्डोले पनि त्यसरी नै लिने उनको विश्वास छ ।

ब्रेन्टफर्डको मैदानमा युनाइटेडको जितमा एन्थोनी इलंगा, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । घरेलु टोलीका इभान टोनीले एक गोल फर्काए । सबै चारै गोल दोस्रो हाफमा भएको थियो ।
यो जितसँगै युनाइटेड २१ खेलबाट ३५ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औं स्थानमै यथावत रहेको छ ।