आज कति छ डलरको भाउ ? अन्य देशको विनिमयदर कति ?

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको खरिददर र विक्रीदर तोकेको छ। बैंकका अनुसार मंगबार(आज) अमेरिकी डलरको खरिददर अधिकतम ११९ रुपैयाँ ८६ रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ४६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९३ पैसा रहेको र पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम हुँदा जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५७ पैसा र विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ।

भारतमा डिजिटल करेन्सी लन्चको तयारी, आरबीआई ऐन संशोधन गर्दै

भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतमा डिजिटल मुद्रा ल्याउन सरकारलाई प्रस्ताव गरेको छ । केन्द्रीय बैंक डिजिटल मुद्रा शुरु गर्न भारतीय रिजर्व बैंकले आफ्नो ऐन १९३४ लाई संशोधन गर्न आवश्यक रहेको भनेर सरकार समक्ष प्रस्ताव गरेको हो ।

रिजर्भ बैंकको यो प्रस्तावमा बैंक नोटको परिभाषाको दायरा फराकिलो बनाउने कुरा गरिएको छ । केन्द्रीय बैंकले मुद्रालाई डिजिटल रूपमा स्वीकार गर्न सिफारिस गरेको छ। रिजर्भ बैंकले लामो समयदेखि केन्द्रीय बैंकलाई कुनै अवरोधविना कसरी चरणबद्ध रुपमा अघि बढाउने भन्ने तयारी गरिरहेको थियो ।

केन्द्रीय बैंकको डिजिटल मुद्रा सञ्चालनमा आएपछि धेरै फाइदा हुने विश्वास गरिएको छ । यसले नगदमाथिको निर्भरता घटाउने मात्रै नभई पारदर्शितालाई पनि प्रवर्द्धन गर्ने, डिजिटल मुद्रा सिर्जना गर्दा सरकारले नगद छाप्ने खर्चबाट पनि छुटकारा पाउने साथै जोखिम पनि कम हुनेछ ।