कतारमा पनि बढ्न थाल्यो कोरोना, नेपालीहरु लाइ सतर्कहुन् आग्रह !

रामेछाप खबर संवाददाता

१२ मंसिर दोहा ।

कतारको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज २४ घण्टामा थप १५३ जनामा ​​नया कोरोना भाइरस को बिरामी पत्ता लागेको छ । आजनै १ सय २८ जना निको भएर घर फर्केका छन् ।

कतारमा अहिले सम्म निको हुनेको संख्या २ लाख ४० हजार ५२७ पुगेको छ । १५३ नयाँ केसमध्ये १३४ सामुदायिक र १९ विदेशबाट फर्केका यात्रु हुन् । कतारमा कोरोना बाट कुल मृत्यु हुनेको संख्या ६११ पुगेको छ। ।

कतारको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४,९६१,९१२ जनालाई कोरोनाको खोप दिईएको छ। कतारमा हालसम्म कूल कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४३ हजार १ सय ३२ पुगेको छ भने १ हजार ९९४ सक्रिय बिरामी उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा पहिलो पटक ४ हजार ९६४ जनाको परीक्षण गरिएको थियो भने अहिलेसम्म कुल परीक्षणको संख्या २,९८२,२३७ पुगेको छ । पछिल्लो २४ घण्टामा सघन उपचार कक्षमा तीनवटा नयाँ भर्ना भएका छन् र १७ जनाले आईसीयूमा उपचार जारी राखेका छन् ।

पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका ६ वटा घटनाले अस्पतालमा कुल विरामीको संख्या ९१ पुगेको छ । कतार मा झन्डै साढे तिन लाख नेपालि कामदार कार्यरत रहेका छन् ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न सबैले यि सावधानी अपनाउन जरुरी छ ।
.शारीरिक दूरीको पालना ।
.भीडभाड हुने ठाउँहरू र अन्य मानिसहरू भेला हुने ठाउँहरूमा भरिसक टाढा रहनुहोस्।

.अनिवार्य अनुहारमा मास्क लगाउनुहोस ।
.नियमित रूपमा हात धुने गर्नुहोस ।
यदि कोरोनाको को लक्षण देखिएमा जो कोहीले तुरुन्त 16000 हेल्पलाइनमा सम्पर्क गर्नुहोस ।
न्युज नेपाल