मलेसियाको एक कम्पनीले नेपाली कामदारलाई शोषण गरेको खुलासा !

रामेछाप खबर संवाददाता

११ मंसिर, काठमाडौं ।

मलेसियामा स्थापित बहुराष्ट्रिय गुड इयर टायर एण्ड रबर कम्पनीले नेपालीसहित अन्य आप्रवासी कामदारको शोषण गरेको समाचार सार्वजनिक भएको छ । बेलायती समाचार संस्था रोयटर्सले लामो अनुसन्धानमुलुक समाचार सार्वजनिक गर्दै आप्रवासी कामदारमाथि भएको शोषणले उक्त कम्पनीका उत्पादनमाथि अन्तर्राष्ट्रिय प्रतिवन्ध लाग्नसक्ने उल्लेख गरेकोे छ ।

रोयटर्सले आप्रवासी कामदारको कार्यस्थल, आवास मापदण्डअनुसार नभएको र लामो समयदेखि कामदारको तलब रोकिएको अनुसन्धानका क्रममा फेला परेको दाबी गरेकोे छ ।

यस विषयमा मलेसिया र अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एकैसाथ अनुसन्धान गरिरहेको भन्दै उक्त कम्पनी कामदार माथि भएको शोषणका वारेमा नयाँ तथ्यहरू आउने समाचारमा उल्लेख छ ।

साउदीमा एक नेपाली श्रमिकको बिचल्ली, उद्घार गरिदिन आग्रह !

वैदेशिक रोजगारीको लागी साउदी अरब पुगेका एक नेपाली युवाको बिचल्ली भएको छ । ड्राईभिंग भिषामा साउदी पुगेका पोखराका केशव रुचाल सम्झौता अनुसारको काम नपाएर मरुभुमीमा भेडा चराउने काममा परेपछि उनको बिचल्ली भएको छ ।

बिगत उनी ११ महिना अघि गल्फ ओभासिज बाट डाइभिङ्ग काम भनी साउदी गएका थिए ।केसब रुचाल साउदी गए पछि डाईभिङ्ग काम नपाए पछी साउदीको मरभुमीमा अहिले भेडा चराउन बाध्यभएको बताउछ्न।

साउदी मरुभुमीको ठाउँमा निकै कष्टकर पोख्दै उनले आफुलाई नेपाल झिकाईदिन साउदी स्थिति नेपाल दूतावास , तथा साउदी मा रहेको संघ संस्थालाई आग्रह गरेका छन् । आफुलाई धिमाल गुरुङ भन्ने मान्छले गल्फ ओभरसिज मार्फत साउदी पठाएको उनको भनाई छ ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्विर र भिडियोका अनुसार उनि साउदीको निर्जन मरुभुमीमा जिबन विताईरहेको बताए । आफु साउदी ईरान बोर्डर नजिक रहेको उनले बताएकाछन् ।

केशब रुचालको घरमा ७५ वर्षिया वृद्धा आमा र एकजना अपांग दिदि रहेको र उनको श्रीमती आफु साउदी आएको ८ महिना पछी अर्कै पुरुष संग पोईला गएको उनले बताए ।

उनी एक संगितकार हु भनी बताए ।गायक समेत रहेका रुचाल म्युजिक भिडियो बनाउँदा ऋणमा डुबेपछि खाडीमुलुक आएका थिए । उनले आफ्नो वाटसप नम्बर दिदै साउदी नेपाली दूतावास तथा साउदीमा रहेको संघ संस्थालाइ स्वदेस फर्काईदिन समेत आग्रह गरेका छ्न्। ह्वाट्सएप नम्बर +966-502158978, सिधा सम्पर्कको लागि +966502158978