कट्रिनाको विवाहको खबरले किन दु:खी छन सलमान ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

बलिउड नायिका कट्रिना कैफ र विक्की कौशलले चाँडै नै विवाह गर्न लागेको चर्चा व्यापक छ । खबरलाई विश्वास गर्ने हो भने यी दुईको ७ देखि ९ डिसेम्बरको बीचमा विवाह हुँदैछ ।

सेवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बारवरामा दुबैले विवाहका लागि स्थान बुकिङ गरेको खबर छ । तयारी राम्रोसँग चलिरहेको छ छैन भनेर यी दुईका प्रतिनिधि विवाह स्थल पुगेको बताइएको छ । विवाहमा यी दुईका नजिकका आफन्त र सिमित साथीभाइको मात्रै उपस्थिति हुने बताइएको छ ।

सलमान कट्रिनाको विवाहको हिस्सा नबन्ने

जी न्यूजको रिपोर्ट अनुसार सलमान खान यी दुईको विवाहमा सरिक हुने छैनन् । यी दुईको विवाहको पहिलो निम्तो सलमान खान र उनको परिवारलाई पठाइएको भारतीय सञ्चार माध्यममा खबर प्रकाशित छ । कट्रिना कैफको सलमान खानसँग पारिवारिक सम्बन्ध छ । तरपनि सलमान उनीहरुको विवाहमा उपस्थित नहुने सम्भावना अत्यधिक रहेको खबरमा उल्लेख छ ।

इन्डिया टुडेका अनुसार थुप्रै मानिसहरु छन् जो यो सूचीमा समावेश हुँदैछन् । यी दुबैले इन्डिष्ट्रिका आफ्ना साथीहरु र मेन्टर्सलाई बोलाएका छन् । यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम समावेश छ । यसबाहेक वरुण धवन र नताशा दलाल पनि विवाहमा सरिक हुनसक्छन् ।