‘सत्यम्’बाट एक्कासी किन बाहिरिन मलिका महत ? यस्तो रहेछ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘सत्यम्’ अहिले हिरोइन इन आउटको शृंखलाले चर्चामा आएको छ । सुटिङको मुखमा मलिका महतले यो फिल्म छाडेपछि निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएको छ ।

मलिका फाइनल हुनुअघि निर्माण टिमले यो फिल्ममा उपासनालाई नै लिन चाहेको थियो तर कुरा मिलेको थिएन । मलिकाले छाडेपछि भने निर्माण टिमले उनलाई पल शाहको जोडीको रुपमा अभिनय गर्न मनाइछाडेको छ ।

निर्माण टिमले आइतबार जारी गरेको समाचारमा मलिकाको पढाइ र फिल्मको सेड्युल नमिलेको उनले फिल्म नखेल्ने निर्णय गरेको जनाइएको छ । तर इकागज स्रोतले पढाइभन्दा पनि पल शाहको बारेमा बजारमा चलेको हल्लाले मलिका ‘सत्यम्’ छोड्न प्रेरित भएको बताएको छ । दसैँपछि पोखरामा भएको वर्कसपमा मलिका पनि थिइन् । तर यो वर्कसपकै बीचमा मलिकाले फिल्म छाड्ने निर्णय गरेको स्रोत बताउँछ ।

‘पटकथामा पनि मलिकाको फरक धारणा थियो त्योबाहेक पल शाहका बारेमा अनेक हल्ला चलिरहेको समयमा काम गरिरहँदा आफ्नो इमेजलाई पनि असर गर्ने हो कि भन्ने चिन्ता मलिकालाई थियो । यही दुई कारणले नै हो उहाँले फिल्म छाडेको ,’ इकागज स्रोतले बतायो ।

तर निर्माण टिमले यो कुरा तत्काल बाहिर नभनिदिन मलिकालाई आग्रह गरेको थियो । अहिले निर्माण टिमले उनको ठाउँमा उपासनालाई फाइनल गरेपछि मात्र मलिकाले फिल्म छाडेको कुरा निर्माण टिमले सार्वजनिक गरेको हो ।