मलेसिया जनवरी १ देखि खुल्ने, कस्ता ब्याक्तिहरु जान पाउने ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ कात्तिक ।

काठमाण्डौ – मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ ।

कोरोना सङ्क्रमण दर घट्दै जाँदा खाडीका देशहरूले पनि कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लगेका छन् । कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ ।

कोरोना महामारी रोकथामका लागि लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ महामारीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।

निःशुल्क बस सेवा त्रिभुवन विमानस्थलकाे ‘गाेल्डेन गेट’ बाट आन्तरिक टर्मिनलसम्म

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । अहिलेलाई प्राधिकरणका दुई वटा माइक्रोबसले सेवा सुरु गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले त्याे बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बताउनुभयो ।

मन्त्री आलेले थप दुई वटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिनुभएको छ ।

यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सहजताका लागि तीन वटा बस गोल्डेन गेटमा र त्यही सङ्ख्यामा बस आन्तरिक टर्मिनलमा राखेर सञ्चालन गरिने बताउनुभयाे ।

खासगरी आन्तरिक उडानमा यात्रुले लामो बाटो ब्यागेज बोकेर कष्टका साथ गाडीसम्म पुग्नुपर्ने र कतिपय यात्रुले बालबच्चाका साथ गह्रुङ्गो झोला बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि बस सेवा सञ्चालन गरिएको हो ।

यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नुपरेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक गाडी वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन् । उज्यालो अनलाइन बाट