तिम्री सुन्दर श्रीमती देखेर जलन हुन्छ – भन्दा अभिषेकले दिए यस्तो जवाफ

रामेछाप खबर संवाददाता

काठमाडौं ।

एजेन्सी : ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्ष देखि निकै सुन्दर वैवाहिक जीवन बिताइ रहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर गुरु बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् । यसै कारण थुप्रै पटक अभिषेक बच्चन लाई उनको अभिनयका लागि पनि ट्रोल गरिन्छ । केही महिना अघि अभिषेकको फिल्म ‘द बिग बुल’ आएको थियो ।

यसको ट्रेलर लञ्चमा एक व्यक्तिले अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या रायको विषयमा केही निजी कमेन्ट गरेका थिए जसमा अभिषेकले जवाफ फर्काएका थिए । वास्तवमा द बिग बुलको ट्रेलरमा कमेन्ट गर्दै एक व्यक्तिले लेखे, ‘तिमी कुनै पनि काममा राम्रो छैनौ साथी । तिम्रो एकमात्रै चिज छ, जसमा मलाई जलन हुन्छ र त्यो हो तिम्री सुन्दर श्रीमती । हुन त तिमी यसको पनि लायक थिएनौ ।’

यी व्यक्तिको कमेन्ट देखेर अभिषेक बच्चन असाध्यै रिसाए । उनले पनि आफ्नै शैलीमा उनलाई जवाफ फर्काए ।अभिषेक बच्चनले जवाफमा लेखेका थिए – तर म यो थाहा पाउन आतुर छु कि तपाईंले कसको बारे कुरा गरिरहनु भएको छ ?

किनभने तपाईंले त धेरैलाई नै ट्याग गर्नुभएको छ । मलाई इलियाना डिक्रुज र निक्कीको विवाह भई नसकेको बारे त थाहा छ । त्यसैले म, अजय कुकी र सोहम बाँकी भयौँ ।

डिज्नी प्लसको वैवाहिक स्थितिबारे पनि चेक गर्नुपर्छ जस्तो लाग्यो ।’यसअघि अभिषेक बच्चन आफ्ना पिता अमिताभ बच्चनसँग तुलना गरिएकोमा र अभिनयको विषयमा पनि ट्रोल भइसकेका छन् ।

केही महिना अघि एक सोसल मिडिया प्रयोगकर्ताले अभिषेकजस्तै देखिने एक किसानको फोटो सेयर गरेर अभिषेक ‘बच्चन’ भएकोमा प्रश्न उठाएका थिए । उनले फोटोको क्याप्सनमा लेखेका थिए – यदि अभिषेक बच्चन नभइदिएका भए…

यो पनि पढ्नुहोस ! जब करीना कपूरले ‘सीता’को भूमिका निभाउन १२ करोड मागेपछी…

एजेन्सी । अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् ।उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् ।

उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो ।रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।

उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ । पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् ।

यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो ।’रिपोर्टका अनुसार करीनाले यस पौराणिक कथाका लागि ‘सीता’ को भूमिका निभाउन ८ देखि १० महिनाको तालिम लिने छिन् । यो फिल्म करीनाका लागि करियरकै सबैभन्दा ठूलो फिल्म हुनेछ ।सीता’ को भूमिका करीनाले निभाउने भएपछि धर्मका विषयलाई पनि जोडेर विरोध गरिएको थियो ।