अमेरिकामा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ साउन ।

अलास्का–अमेरिकाको अलास्का प्रायद्वीपमा बुधवार ८ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि हवाईमा सुनामीको चेतावनी जारी गरिएको छ । होनोलूलू स्टार एडभरटाइजरका अनुसार प्रशान्त सुनाती चेतावनी केन्द्रले ८ दशमलव १ को तिब्रताको झड्का मापद गरेको छ ।

सेन्टरका अनुसार अहिले हवाईमा सुनामीको खतरा छ कि छैन भन्ने कुराको परीक्षण भैरहेको छ । उता, यूएस जियोलोजिक सर्वेले भूकम्पको मापन ८ दशमलव २ रेक्टर स्केल भएको बताएको छ । भूकम्पको केन्द्र अलास्कामा पेरीभिलबाट ९१ किलोमिटर पूर्व–दक्षिण पूर्व भएको बताइन्छ ।

भूकम्पको केन्द्र समुद्र सहतभन्दा २९ माइल तल भएको बताइन्छ । यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त क्षेत्रमा आधा घण्टा भित्रमा तीन पटक झट्का महसूस गरियो । पहिलो ८ दशमलव २ तिब्रताको झट्का आयो ।

त्यसको आधा घण्टापछि ६ दशमलव २ तथा ५ दशमलव ६ रेक्टर स्केलको तिब्रता महसूस गरियो । प्रशान्त सुनामी चेतावनी केन्द्रको तर्फबाट के भनिएको छ भने सुनामीको सम्भावित खतराको परीक्षण भैरहेको छ । सामान्यतया समुद्र सतहमा भूकम्प आएपछि सुनामी आउने गरेको छ ।

उक्त सुनामी भूकम्पको केन्द्रभन्दा टाढा तटीक्ष क्षेत्रहरुमा पनि विनाशकारी हुनसक्छ । प्रारम्भिक भूकम्पिय तथ्यांकका अनुसार उक्त भूकम्पको केन्द्रको क्षेत्रमा भएका प्राय: सबैले व्यापक रुपले भूकम्पको झट्का महसूस गरेको हुनुपर्छ ।