दु : खद खबर, बेलायतमा साइकलबाट लडेर नेपाली युवाको मृ’त्यु

रामेछाप खबर संवाददाता

काठमाडौँ, १२ असार ।

बेलायतको नटिङघ शहरमा बस्दै आएका एक नेपाली युवकको साइकलबाट लडेर मृत्यु भएको छ। बाग्लुङको गल्कोट नगरपालिकास्थित बडागाउँ स्थायी घर भई हाल बेलायत बस्दै आएका ३४ वर्षीय बद्री चालिसको शुक्रबार साइकलबाट लडेर मृत्यु भएको हो।

भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक उनी साइकलबाट लडेका उनका भिनाजु विष्णु चालिसेले बताए। टाउकामा गम्भीर चोट लागेका बद्रीको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचार कक्षमा मृत्यु भएको हो।

तीन वर्षअघि पनि उनी साइकलबाट लडेर गम्भीर घाइते भएका थिए। तीन महिनाको उपचारपछि ठीक भएका उनको अहिले फेरि साइकलबाटै लडेर मृत्यु भएको छ।। चालिसे आफ्नी श्रीमतीसहित सन् २००९ देखि बेलायत बस्दै आएका थिए। रासस

भेरोसेलको दोस्रो डोज खोप अभियान असार २१ देखि सुरु हुने

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। भेरोसेल खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो खोप असार २१, २०७८ देखि अभियानका रूपमा लगाउने भएको छ।

कोभिड-१९ रोगको रोकथाम र नियन्त्रण गर्न लागि नेपाल सरकार नीति तथा निर्णय अनुसार २०७७ साल माघ १४ गते खोप अभियान नेपालमा सुरु भएको हो। त्यहिक्रममा २०७८ जेष्ठ २५ गते देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ देखि २८ दिन पछि दोस्रो खोप लगाउने निर्णय गरिएको छ।

पहिलो चरणको खोप कार्डको आधारमा आफूलाई सहज पर्ने स्थानमा दोस्रो डोज खोप लगाउन पाइने जनाइएको छ। मन्त्रालयले ७७ वटै जिल्ला कार्यालयलाई सकेसम्म छोटो अवधिमा खोप अभियान सम्पन्न गर्ने व्यवस्था गर्न भनेको छ।