आतंकवादी संगठन जैस–उल–हिन्दले भन्यो : हाम्रो लडाइँ मुकेश अम्बानीसँग होइन, नरेन्द्र मोदीसँग हो

रामेछाप खबर संवाददाता


भारतका खर्बपति उद्योगी मुकेश अम्बानीको घरबाहिर परिवारै सिध्याइदिने पत्र र विस्फोटक पदार्थसहितको गाडी फेला परेयता देशभर हलचल पैदा गरेको छ।त्यो आफूले राखेको भनेर आतंकवादी संगठन जैस–उल–हिन्दले भनेपछि त झन् सनसनी फैलिएको थियो। तर उसले अहिले अर्के कुरा गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार जैस–उल–हिन्दले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो लडाइँ अम्बानीसँग नभई प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको बताएको हो। अम्बानीलाई धम्की दिइएको भनेर भाइरल भएको पत्र पनि नक्कली भएको उसको भनाइ छ।

उद्योगपति अम्बानीको घरअगाडि विस्फोटक पदार्थसहित गाडी भेटेको घटना आफूले जिम्मा लिएको भनेर भारतीय सञ्चारमाध्यमले गलत हैला फैलाएको भन्दै जैस–उल–हिन्दले खण्डन गरेको छ।

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोदीले सोमबार बिहान कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको आफैले जानकारी दिएका छन् । खोप लगाएसँगै मोदीले खोप लगाउने दायरामा परेका सबैलाई खोल लगाउन आग्रह गरेका छन् ।

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरण शुरु भएको छ । यस अन्तर्गत ६० बर्षभन्दा माथिका र अन्य रोगबाट पिडित ४५ बर्षभन्दा बढी उमेरका सबैलाई खोप लगाइने बताइएको छ । पहिलो चरणमा भारतमा करिब डेढ करोडले कोरोना खोप लगाएको बताइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।