दिपालाई छाडेर किन करिष्मा लिनु पर्यो मुद्रेको स्पष्टिकरण

रामेछाप खबर संवाददाता

काठमाडौं ।

कोरोनाका कारण रोकिएको चर्चित टेलिभिजन कार्यक्रम मुन्द्रे कमेडि क्लबको पुन सूचारु हुदैछ तर नयाँ श्रृखलाहरुमा कार्यक्रममको सभापतिको भूमिकामा नायीक दिपा श्री निरौलाको स्थानमा नायीका करिष्मा मानन्धर रहने छिन् ।

लामो समय देखी सहकार्य गर्दे आएको दिपालाई हटाएर करिष्मा राखिएपछि संञ्चारक्षेत्र संगै सामाजिक संञ्जालमा मुद्रे अर्थात जितु नेपाल संग सम्बन्ध बिग्रीएको खबर सार्बजनिक भएपछि जितु नेपालले सामाजिक संञ्जाल मार्फत स्पष्टिकरण दिएका छन् ।

जितुले लेखेका छन्- ‘मुन्द्रे कमेडि क्लबको ७६ भाग सम्म पहिलो सिजनको अध्यक्ष आदरणीय दिपा श्री निरौला ज्यु सहित आदरणिय राजाराम पौडेल दाई लुनीभा तुलाधर जी,शिवहरी बैरागी दाई,सन्धा बुढा,(काउली बुढी) राजेन्द्र नेपाली (लट्टे) सबै जना मुन्द्रे कमेडि क्लबको परिवारको सदस्य हो कुनै पनि बेला हाम्रो सहकार्य फेरि रहन्छ। कसैलाई पनि समाचारमा आएको जस्तो निकालीएको होईन। फेरि कोहि आउनै न मिल्ने ल्याउदै न ल्याउने होईन केवल सिजन–२ मा केही नयाँ गरौ भन्ने मुन्द्रे कमेडि क्लबका निर्माता निर्देशक लगायत निर्माण टिमको सल्लाहमा यसका अध्यक्ष लगाएत केही पात्रहरु परिवर्तन हुनु भएको हो। परिवर्तन हुनु भनेको हटाउनु होईन।

अर्को सिजनमा फेरि पनि हाम्रो सहकार्य अवश्य रहनेछ। कार्यक्रमको आबश्यकता अनुसार हामी सबैलाई समेट्ने छौ। सिजन–२ को नयाँ भाग आगामी सोमबारबाट राती ८५० बजे नेपाल टेलिभिजन र त्यसपछि जितु कमेडी युटुब च्यानल मार्फत हेर्न सकिने छ ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।