Breaking News : संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

रामेछाप खबर संवाददाता

२२ वैशाख, काठमाडौं ।

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइए पनि औपचारिक विवरण आउन बाँकी छ ।