पुरुषहरुका लागि बन्यो यस्तो गर्भनिरोधक सुई एक पटक लगाए १५ वर्ष ढुक्क

रामेछाप खबर संवाददाता

काठमाडौं ।

महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।

तर पुरुषका लागि भने अस्थाइ गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।

पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् ।

पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको आविष्कार गरेको बताइएको छ ।

शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।

वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।

यस सम्बन्धी शोध बेसिक एण्ड क्लिनिकल फाउन्डेसन जर्नलमा प्रकाशित रहेको छ ।